Kathmandu Press

किन रोकियो ‘ताण्डवम्’को सेन्सर?

‘केही दृश्यहरू अत्याधिक हिंसात्मक भयो भन्दै सेन्सरमा रोकिएको छ। अब, ती दृश्यहरु काँटेपछि सिनेमाको जुन मर्म छ त्यो मर्छ,’ उनले भने, ‘बोर्डले एडल्ट सर्टिफिकेट’ दिन पनि मानेनन्, फिल्ममा रहेको ६ मिनेट लामो हिंसात्मक दृश्यलाई ३ मिनेटमा घटाउन निर्देशन दिएको छ,’ निर्देशक गहतराजले भने।
किन रोकियो ‘ताण्डवम्’को सेन्सर?

काठमाडौं, फागुन ७ : फागुन ९ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ताण्डवम्’ को प्रदर्शन रोकिएको छ। 

सेन्सर बोर्डले चाँज पास नगर्दा फिल्मको प्रदर्शन रोकिएको हो। फिल्ममा अत्याधिक हिंसात्मक दृश्य रहेकाले ती दृश्यलाई हटाएर ल्याउन भन्दै चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले मंगलबार सेन्सर रोकेको थियो। 

सेन्सर रोकिएसँगै आजका लागि तय भएको पिल्मको प्रिमियर पनि रोकिएको निर्देशक जुनिम गहतराजले बताएका छन्। 

Hardik ivf

सिनेमा हेरेपछि सेन्सर बोर्डका सदस्यहरूले अत्याधिक हिंसात्मक दृश्य भएको भन्दै ती दृश्य काटेर ल्याउन भनेको उनले जनाएका छन्। 

सेन्सरले काट्न भनेका दृश्य  काट्दा फिल्मको मर्म नै मर्ने उलने बताएका छन्। दृश्य काँटछाँट नगरी ‘एडल्ट सर्टिफिकेट’ दिनका लागि निर्माणपक्षले गरेको आग्रहलाई पनि सेन्सरमा अस्विकार गरेको निर्देशन गहतराजले बताए। 

‘केही दृश्यहरू अत्याधिक हिंसात्मक भयो भन्दै सेन्सरमा रोकिएको छ। अब, ती दृश्यहरु काँटेपछि सिनेमाको जुन मर्म छ त्यो मर्छ,’ उनले भने, ‘बोर्डले एडल्ट सर्टिफिकेट’ दिन पनि मानेनन्, फिल्ममा रहेको ६ मिनेट लामो हिंसात्मक दृश्यलाई ३ मिनेटमा घटाउन निर्देशन दिएको छ,’ निर्देशक गहतराजले भने।

फिल्ममा एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ।

फिल्ममा पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ। 

सिंहदेवी प्रोडक्सनले भिजुयल आट्र्स स्टुडियोको सहकार्यमा निर्माण भएको सिनेमाका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन्।

 हरि घले लामाले खिचेको सिनेमामा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ । सिनेमाको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन्।

हेर्नुस् ट्रेलर

प्रकाशित मिति: १४:०५ बजे, बुधबार, फागुन ७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्