Kathmandu Press

रुस–अमेरिका वार्तापछि बेलायती सेनाले भन्यो– युक्रेनमा तैनाथ हुन तयार छौं 

युक्रेनमा जारी युद्ध अन्त्य गर्न मंगलबार अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोवले साउदी अरेबियामा शान्ति वार्ता गरेका थिए। 
रुस–अमेरिका वार्तापछि बेलायती सेनाले भन्यो– युक्रेनमा तैनाथ हुन तयार छौं 

काठमाडौं, फागुन ७ : अमेरिका र रसियाविचको वार्ता सकिए लगत्तै बेलायती सेनाले सरकारको अनुरोधमा युक्रेनमा तैनाथ हुन तयार रहेको बताएको छ।

बीबीसीका अनुसार केही समय यता दुई हजार पाँच सय ब्रिटिस सेनाले रोमानियामा उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) को अभ्यासमा भाग लिइरहेका छन्। 

यो युक्रेनी सीमाबाट केवल २५ किलोमिटर मात्र टाढा छ। ब्रिगेडियर एन्डी वाटसनको पर्यवेक्षणमा ब्रिटिस सेनाले नेटो अभ्यासमा भाग लिइरहेको जनाइएको छ। 

Hardik ivf

ब्रिगेडियर वाटसनले युक्रेनमा सेना तैनाथ गर्ने आदेश प्राप्त भयो भने आफ्नो ब्रिगेड ‘पूर्ण रूपमा तयार’ रहेको बताएको बीबस्सीले जनाएको छ। बेलायती प्रधानमन्त्री केयर स्टारमरले पनि हालै युद्धविराम भयो भने उनी युक्रेनको रक्षा गर्न बेलायती सेना पठाउन तयार रहेको बताएका थिए। 

युक्रेनमा जारी युद्ध अन्त्य गर्न मंगलबार अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोवले साउदी अरेबियामा शान्ति वार्ता गरेका थिए। 

तर, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूलाई रुस र अमेरिकावीच भएको वार्तामा आफुलाई निमन्त्रणा नगरिएकाले त्यसमा सहमत नहुने चेतावनी दिएका थिए। 

उनले बुधबार साउदी अरब भ्रमण गर्ने भनिएको थियो। तर बैठकमा युक्रेनलाई समावेश नगरेको भनेर उनी रिसाएर भ्रमण एक महिना पछि सारेको रोयटर्सले जनाएको छ।

युद्धका सम्बन्धमा युक्रेनको सहमति विना गरिएका कुनैपनि निर्णय स्वीकार्य नहुने जेलेन्स्कीले बताएका छन्। यद्यपि बैठकले कुन कुन विषयमा छलफल गर्‍यो र के(के निर्णय गर्‍यो भनेर सार्वजनिक भएको छैन।

वार्तापछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अमेरिका–रुस वार्तापछि युक्रेनमा शान्ति स्थापना हुने विश्वास बढेको बताएका छन्। 


 

प्रकाशित मिति: १३:१३ बजे, बुधबार, फागुन ७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्