Kathmandu Press

राणा शासनले सन्तानका लागि दरबार बनायो, प्रजातन्त्रले सडक र अस्पताल : प्रधानमन्त्री 

फागुन ७ गतेले शासनको स्वरुप मात्रै फेरेको होइन, हुकुमी निगाहबाट हुने पजनी फेरेर निजामती प्रशासनको जग हालेको पनि ओलीले बताए।
राणा शासनले सन्तानका लागि दरबार बनायो, प्रजातन्त्रले सडक र अस्पताल : प्रधानमन्त्री 

काठमाडौं, फागुन ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख नै परिपूर्ण लोकतन्त्र रहेको बताएका छन्। 

उनले जहानियाँ शासकले आफ्ना सन्तानका लागि दरबार बनाएको बताउँदै प्रजातन्त्रले जनताका लागि सडक र अस्पताल बनाएको बताए। 

Hardik ivf

‘राष्ट्रको समृद्धि र जनताको सुखलाई मैले परिपूर्ण लोकतन्त्र भन्ने गरेको छु। चलनचल्तीमा भनिने प्रजातन्त्रले संगठन र अभिव्यक्तिको स्वतन्त्रताको मात्र वकालत ग¥यो । परिपूर्ण लोकतन्त्रले सबैलाई अधिकार र अवसर, समानता र सामाजिक न्याय, सुरक्षा र सम्मानमा समान पहुँचको पैरवी गर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘समृद्धि भनेको समग्र विकास हो, सुख भनेको व्यक्तिको मानवीय र जैविक न्यायोचित आवश्यकताको सहज परिपूर्ति हो। हामी त्यसतर्फ इमान्दारीपूर्वक हिंडिरहेका छौँ।’ 

फागुन ७ गतेले शासनको स्वरुप मात्रै फेरेको होइन, हुकुमी निगाहबाट हुने पजनी फेरेर निजामती प्रशासनको जग हालेको पनि ओलीले बताए। यस दिनले योजनावद्ध विकासको थालनी गरेको र सार्वभौम समानताको आधारमा मित्रराष्ट्रहरूसँग कुटनैतिक सम्बन्धको शुरुवात गरेको स्मरण समेत उनले गरे। 

‘समग्रमा फागुन ७ ले मुलुकलाई सबै हिसावले स्वतन्त्र र सार्वभौम बनाउने दृढ संघर्ष अघि बढायो,’ प्रधानमन्त्री ओलीले भने। 

बढ्दो जनआकांक्षा र चुनौतीहरूबीच, राज्यको संस्थागत र सामथ्र्यबीच लय मिलाएर संगतिपूर्ण ढङ्गले सरकारी अगाडि बढिरहेको भनाई पनि उनले राखे। 

प्रकाशित मिति: १२:५२ बजे, बुधबार, फागुन ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्