Kathmandu Press

सुनसरीको कोशी गाउँपालिका बर्डफ्लु पुष्टि

कोशी गाउँपालिकाको वडा नं. ६ स्थित सप्तकोशी कृषि फार्ममा बर्डफ्लु पुष्टि भएको हो। 
सुनसरीको कोशी गाउँपालिका बर्डफ्लु पुष्टि

सुनसरी, फागुन ७ : सुनसरीको कोशी गाउँपालिकामा बर्डफ्लु पुष्टि भएको छ।

गाउँपालिकाको वडा नं. ६ स्थित सप्तकोशी कृषि फार्ममा बर्डफ्लु पुष्टि भएको हो। 

बर्डफ्लु पुष्टि भएसँगै कृषि मन्त्रालयले फार्मलाई केन्द्र बिन्दु मानी चार किल्ला तोकेर नियन्त्रण गर्न सुनसरी प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएको छ।

मन्त्रालयले सप्तकोशी फार्मबाट पूर्वतर्फ ५० मिटरको दूरीमा रहेको कच्ची बाटोसम्म, पश्चिममा खुल्ला मैदान २०० मिटरको दूरीसम्म, खुल्ला मैदान १५० मिटरको दूरीसम्म, खुल्ला मैदान ३०० मिटरको दूरीसम्म चार किल्ला तोकेको छ।

यस्तै, मन्त्रालयले त्यस क्षेत्रमा आवश्यक सतर्कता अपनाउनमा पनि आग्रह गरेको छ।

प्रकाशित मिति: ११:२३ बजे, बुधबार, फागुन ७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्