भरतपुर कोरोना विशेष अस्पतालमा अख्तियारको छापा
काठमाडौं, वैशाख १६ : भरतपुर कोरोना अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ। अस्पतालका कर्मचारीहरुले विभिन्न सामग्रीहरु चोरी गरेको स....

काठमाडौं, वैशाख १६ : भरतपुर कोरोना अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ। अस्पतालका कर्मचारीहरुले विभिन्न सामग्रीहरु चोरी गरेको सीसीटिभी फटेज बाहिरिएपछि मंगलबार हेटौंडाबाट आएको अख्तियारको टोलीले छापा मारेको हो।
उक्त फुटेज बाहिरिएसँगै भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा आर्थिक अनियमितता समेत भएको आशंका गरिएको छ।
प्रदेश सरकारले उक्त अस्पताल सञ्चालनको लागि एक करोड रुपैयाँ सहयोग प्रदान गरेको थियो।
प्रकाशित मिति: १५:५९ बजे, मंगलबार, वैशाख १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1792762148.jpeg)





-1792762148.jpeg)



