Kathmandu Press

‘निर्वाचनको सफलता आम नागरिकको सहभागिताले निर्धारण गर्दछ’

राष्ट्रिय प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गर्दै थपलियाले निर्वाचनको सफलता आम नागरिकको सहभागिताले निर्धारण गर्ने बताएका हुन्।
‘निर्वाचनको सफलता आम नागरिकको सहभागिताले निर्धारण गर्दछ’

काठमाडौं, फागुन ७ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन पद, पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुन नहुने बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र दिवसको  शुभकामना व्यक्त गर्दै  थपलियाले निर्वाचनको सफलता आम नागरिकको सहभागिताले निर्धारण गर्ने बताएका हुन्।

Hardik ivf

‘सम्वत् २०१५ साल फागुन ७ गते नेपालमा आम निर्वाचन प्रारम्भ भई बालिग नेपालीहरूले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै आज हामी दिवस सँगसँगैं ‘निर्वाचनको प्रभावकारिताः आम नागरिकको सहभागिता’ भन्ने मूल नाराका साथ नवौं निर्वाचन दिवस मनाइरहेका छौं। यस शुभ अवसरमा म सम्पूर्ण नेपाली मतदाताहरूमा निर्वाचन दिवसको हार्दिक शुभकामना दिन चाहन्छु,’ उनले भने।

इतिहासका सबै कालखण्ड र राजनीतिक परिवर्तनका हरेक नयाँ उपलब्धिमा मुलुकले अंगिकार गरेको शासन व्यवस्था र निर्वाचन प्रणालीलाई संविधान र कानून बमोजिम निर्वाचनको माध्यमबाट वैधानिकता प्रदान गर्ने संवैधानिक दायित्व निर्वाह गर्न पाएकोमा उनले खुशी व्यक्त गरेका छन्।

उनले वर्तमान संविधान जारी भएपछि दुई पटक प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्यको आवधिक निर्वाचन, तीन पटक राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रिय सभा सदस्यको विभिन्न निर्वाचन र उपनिर्वाचनहरू मार्फत् जनप्रतिनिधिहरू निर्वाचित भई जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक संघीय शासन प्रणालीको सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह भएको समेत बताएका छन्।

उनले निर्वाचन जनताको सर्वाधिक सहभागिता र सरोकार अपेक्षित हुने गतिविधि भएको हुनाले निर्वाचनको सफलता आम नागरिकको सहभागिताले निर्धारण गर्ने समेत बताए।

 

प्रकाशित मिति: १०:०१ बजे, बुधबार, फागुन ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्