Kathmandu Press

फागुन ७ नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो : प्रधानमन्त्री ओली

उनले यो दिवसलाई केवल माथिको आदेश–निर्देशका भरमा मनाउने औपचारिक दिवस मनाउन नहुने उल्लेख गरेका छन्।
फागुन ७ नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो : प्रधानमन्त्री ओली

काठमाडौं, फागुन ७ : प्रधानमन्त्री केपी ओलीले आजको दिन रैतीबाट जनताको दर्जामा पु¥याएको दिन भएको बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै ओलीले आजको दिन नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन भएको बताएका हुन्।

Hardik ivf

उनले यो दिवसलाई केवल माथिको आदेश–निर्देशका भरमा मनाउने औपचारिक दिवस मनाउन नहुने उल्लेख गरेका छन्। आजको दिन मुलुकका लागि सबैभन्दा ठूलो परिवर्तन ल्याउने दिन भएको प्रधानमन्त्री ओलीले बताएका छन्।

‘फागुन ७ गते। आजको दिन– हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो, बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पु¥याएको दिन हो । यो दिवसलाई केवल माथिको आदेश–निर्देशका भरमा मनाउने औपचारिक दिवस मनाउनु हुँदैन। यसलाई जनताको कार्यक्रम बनाउने गरी तयारी गर्नुपर्छ।, मुलुकका लागि यो सबैभन्दा ठूलो परिवर्तन ल्याउने दिने हो,’ उनले भनेका छन्,  ‘यहाँ हिंसालाई जनयुद्ध दिवस भन्न रुचाउनेहरु छन् तर त्यत्रो परिवर्तनलाई मान्न नरुचाउने तत्वहरु छँदैछन्। प्रजातन्त्र दिवसलाई नमान्ने कुरा लोकतान्त्रिक हुन सक्दैन। यस दिवसलाई भव्यताका साथ मनाउनुपर्छ।’

गौरवपूर्ण एवम् ऐतिहासिक यस दिनमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरुमा दिवसको शुभकामना दिँदै उनले अमर शहीदहरूमा भावपूर्ण श्रद्धाञ्जली र सम्मान व्यक्त गरेका छन् । ओलीले राष्ट्रिय प्रजातन्त्र दिवस राष्ट्रव्यापीरुपमा मनाउन आग्रह गरेका छन्।

 

प्रकाशित मिति: ०९:५६ बजे, बुधबार, फागुन ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्