Kathmandu Press

देवराज घिमिरे बने नेपाल स्काउटको प्रमुख आयुक्त

मन्त्री चौधरीले निवर्तमान प्रमुख आयुक्त महेन्द्रराज रंजितलाई हटाउँदै घिमिरेलााई प्रमुख आयुक्त बनाएका हुन्। रंजितमाथि विभिन्न विवाद सिर्जना गरेको गैह्रकानूनी रूपमा नियुक्ति लिएर संस्था बिगारेको आरोप थियो।
देवराज घिमिरे बने नेपाल स्काउटको प्रमुख आयुक्त

काठमाडौं, फागुन ६ : नेपाल स्काउटको प्रमुख आयुक्तमा देवराज घिमिरे नियुक्त भएका छन्।

लामो समय राष्ट्रिय तथा अन्तराष्ट्रिय स्काउटको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका घिमिरेलाई युवा तथा खेलकुदमन्त्री एवम् प्रमुख स्काउट तेजुलाल चौधरीले प्रमुख आक्युत नियुक्त गरेका हुन्।

मन्त्री चौधरीले निवर्तमान प्रमुख आयुक्त महेन्द्रराज रंजितलाई हटाउँदै घिमिरेलााई प्रमुख आयुक्त बनाएका हुन्। रंजितमाथि विभिन्न विवाद सिर्जना गरेको गैह्रकानूनी रूपमा नियुक्ति लिएर संस्था बिगारेको आरोप थियो।

WhatsApp-Image-2025-02-18-at-21.58.34_084692a4-1739899573.jpg

यस्तै, राष्ट्रिय सतर्कता केन्द्रले पनि रंजितको नियुक्ति कानुन सम्मत नभएको भन्दै उनको नियुक्ति बदर गर्दै नयाँ व्यक्ति नियुक्त गर्न मन्त्री चौधरीलाई निर्देशन दिएको थियो। सोही निर्देशन पश्चात मन्त्री चौधरीले मन्त्रीस्तरीय निर्णयबाट घिमिरेलाई नयाँ प्रमुख आयुक्त नियुक्त गरेका हुन्।

घिमिरेसँगै मन्त्री चौधरी अन्य सात जानालाई राष्ट्रिय कार्यकारी समितिमा नियुक्त गरेका छन्। नियुक्त हुनेमा इन्दु सुबेदी, कमलबहादुर देउजा, भुवन सुब्बा, सन्तोषकुमार थापा, स्मृति बराल, जहरसिंह थापा र सुस्मिता श्रेष्ठ छन्।

यो नियुक्तिसँगै पछिल्लो समय नेपाल स्काउटमा बड़ेको विवाद र उत्पन्न समस्या समाधान हुनेमा विश्वास गरिएको छ।

प्रकाशित मिति: २३:११ बजे, मंगलबार, फागुन ६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्