Kathmandu Press

केआईआईटीको समस्या न्यायपूर्ण समाधान नभए ओडिसामा ‘एनओसी’ रोक्ने शिक्षा मन्त्रालयकाे चेतावनी

प्रवक्ता शिवकुमार सापकोटाले जारी गरेको विज्ञप्तिमा ‘प्रकृति मृत्यु प्रकरण’को न्यापूर्ण समाधान नभए ओडिसा राज्यका विश्वविद्यालय र शिक्षणसंस्थामा अध्ययनका लागि प्रदान गर्दै आएको एनओसी रोकिने उल्लेख छ।
केआईआईटीको समस्या न्यायपूर्ण समाधान नभए ओडिसामा ‘एनओसी’ रोक्ने शिक्षा मन्त्रालयकाे चेतावनी

काठमाडौं, फागुन ६ : भारतको ओडिसा राज्यस्थित कलिंगा इन्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा भएको घटना र समस्याको न्यायपूर्ण समाधान नगरिए वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) रोक्ने चेतावनी शिक्षा मन्त्रालयले दिएको छ।

त्यहाँ बि–टेक अध्ययन गरिरहेकी नेपाली विद्यार्थी प्रकृति लम्सालले छात्रावासमा आत्महत्या गरेपछि विवाद चर्किएकाे थियाे। उनले भारतीय विद्यार्थीको यातनाका कारण आत्महत्या गरेको बताइएको छ।

मन्त्रालयले मंगलबार साँझ विज्ञप्ति निकारलेर यस्तो चेतावनी दिएको हो। प्रवक्ता शिवकुमार सापकोटाले जारी गरेको विज्ञप्तिमा ‘प्रकृति मृत्यु प्रकरण’को न्यापूर्ण समाधान नभए ओडिसा राज्यका विश्वविद्यालय र शिक्षणसंस्थामा अध्ययनका लागि प्रदान गर्दै आएको एनओसी रोकिने उल्लेख छ।

Hardik ivf

यस्तै, विज्ञप्तिमा त्यहाँ समस्यामा परेका विद्यार्थीलाई सहयोग गर्न सहायत कक्षसमेत स्थापना गरिएको र त्यसको नेतृत्व मन्त्रालयका उपसचिवले गरेकोको उल्लेख छ। 

‘विद्यार्थीहरुले सम्बन्धित विश्वविद्यालयले निर्धारण गरेको नियम पालना गरी नियमअनुसार बुझाउनुपर्ने शुल्क बुझाई अध्ययन गर्न पाउने विश्वव्यापी मान्यताविपरीत अध्ययनरत विद्यार्थीमाथि विश्वविद्यालय प्रशासनबाट भएको व्यवहार निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ।

मन्त्रलायले घटना सार्वजनिक हुनेबित्तिकै कूटनीतिक पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेको जनाएको छ। 

मन्त्रालयले भारतका विश्वविद्यालयमा पढ्ने हजारौं नेपाली विद्यार्थीमा उत्पन्न हुन सक्ने त्रास, अन्योल, मनोविज्ञानमा पर्ने प्रभावलाई समेत ख्याल गरी केआईआईटीको पठनपाठन पूर्ववत् सञ्चालन गराउने व्यवस्था मिलाउन भारत सरकारको समेत ध्यानाकर्षण गराएको छ।

सो घटनापछि नयाँ दिल्लीस्थित नेपाली दूतासावले नेपाल प्रहरीका दुई वरिष्ठ अधिकारीलाई मंगलबार बिहानै विश्वविद्यालयमा पठाएको छ। उनीहरूले नेपाली विद्यार्थीसँग घटनाका बारेमा जानकारी लिइरहेका छन्।

आजै विश्वविद्यालयले विज्ञप्ति निकारेर घटनाका बारेमा माफी माग्दै २ सुरक्षा गार्डलाई बर्खास्त र ३ कर्मचारीलाई निलम्बन गरिएको जनाएको छ। 

मंगलबार साँझबाट नेपाली विद्यार्थीहरु होस्टलमा फर्कन थालेको बताएको छ। 

Capture-1739889909.JPG
 

प्रकाशित मिति: २०:२४ बजे, मंगलबार, फागुन ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्