Kathmandu Press

ट्रम्पले रोके नेपालमा एमसिसी परियोजना

नेपालमा अमेरिकी विकास परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) रोकिएको छ।
ट्रम्पले रोके नेपालमा एमसिसी परियोजना

काठमाडौं, फागुन ६ : नेपालमा अमेरिकी विकास परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) रोकिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशअनुसार एमसिसी परियोजनाको भूक्तानी रोकिएको पत्र अर्थ मन्त्रालयलाई पठाएको हो।

Hardik ivf

अर्थ मन्त्रालयका अनुसार यसअघि अरू सहायताहरु रोकिएपनि एमसिसी अन्तर्गतका परियोजनाको भूक्तानी नरोकिएको भनेको थियो।

गत फागुन २ गते भने एमसिएले पत्र पठाएर परियोजना अन्तर्गतको भूक्तानी रोकिएको जानकारी दिएको मन्त्रालयले जनाएको छ।

‘अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशनले मिति २०८१/११/२ गतेको इ-मेल पत्रमार्फत् नेपाल सरकार र उक्त निकायबीच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरूसँग सम्बन्धित एमसिसी फन्डबाट भुक्तानी हुने क्रियाकलापहरू अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको छ,’ अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

एमसिसी परियोजना अन्तर्गत ५० करोड बराबरको अमेरिकी डलर अनुदानमा नेपालमा विद्युत् प्रसारण लाइन निर्माण र सडक मर्मत गर्ने सम्झौता भएको थियो। सो परियोजना अन्तर्गत काम पनि सुरू भइसकेको छ।

 एमसिसीबाट प्राप्त हुने ५० करोड डलरमध्ये ३९ करोड ८० लाख डलर विद्युत प्रसारण लाइन निर्माणमा खर्च गर्ने योजना थियो। यस अन्तर्गत ठेक्का प्रक्रिया समेत भएका छन्।

एमसिसीको ५ करोड २० लाख डलरले पूर्वपश्चिम राजमार्गको धानखोला, भालुवाङ हुँदै लमहीदेखि शिवखोलासम्मको सडक स्तरोन्नति गरिने योजना थियो।

प्रकाशित मिति: २०:२० बजे, मंगलबार, फागुन ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्