Kathmandu Press

यी हुन् प्रकृति लम्सालको मृत्यु भएको घटनामा पक्राउ परेका भारतीय युवक

आरोपी लखनऊ घर भई सोही विश्वविद्यालयमा अध्ययनरत छात्र एडविक श्रीवास्तव छन्। उनी प्रकृतिको सहपाठीसमेत हुन्।
यी हुन् प्रकृति लम्सालको मृत्यु भएको घटनामा पक्राउ परेका भारतीय युवक
तस्वीर: सामाजिक सञ्जाल।

काठमाडौं, फागुन ६ : भारतको उडिसाको भूवेनश्वरस्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु भएको घटनामा सोही विद्यालयमा अध्ययनरत भारतीय छात्र पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत लखनऊ घर भई सोही विश्वविद्यालयमा अध्ययनरत छात्र एडविक श्रीवास्तव छन्। उनी प्रकृतिको सहपाठीसमेत हुन्।

भारतीय अनलाइन इण्डियन एक्सप्रेसका अनुसार श्रीवास्तव आइतबार नै पक्राउ परेका थिए। उनलाई स्थानीय विमानस्थल बाहिरबाट पक्राउ गरिएको भूवनेश्वरका डिसिपी पिनाक मिश्रले बताएका छन्।

Hardik ivf

पक्राउ परेका उनलाई आत्महत्या दुरूत्साहन कसुरमा अनुसन्धान गर्न अदालतले न्यायिक हिरासतमा पठाइसकेको छ।

प्रहरीले उनको मोबाइल बरामद गरेर अनुसन्धान गरिरहेको छ। अनुसन्धानकै लागि प्रहरीले प्रकृतिको मोबाइल पनि बरामद गरेको छ।

प्रकृति मृत भेटिएपछि उनका भाइ पर्ने सिद्धान्त सिग्देलले प्रहरीमा जाहेरी दिएका थिए। जाहेरीपछि आइतबार नै प्रहरी घटनास्थल पुगेको र शव संकलन गरी पोस्टमार्टमका लागि पठाइएको डिसिपी मिश्रले बताएका छन्।

प्रकृति केआइआइटीमा बि-टेक कम्प्युटर साइन्समा तेस्रो वर्ष अध्ययनरत थिइन्। उनको मृत्यु भएपछि उनका परिवार भूवनेश्वर पुगिसकेका छन्।

प्रकृतिले श्रीवास्तवले आफूमाथ मानसिक हिंसा गरेको भन्दै विश्वविद्यालयको विदेश मामिला कार्यालय (आईआरओ)मा उजुरी दिएकी थिइन्।

विश्वविद्यालयकी रजिस्ट्रार ज्याना रन्जन मोहन्तीले मौखिक उजुरी आएको इण्डियन एक्सप्रेससँग बताएकी छन्।

नेपाली विद्यार्थीहरूले भने उजुरीमा विश्वविद्यालय परिसरले ठोस कदम नचाल्दा प्रकृतिको मृत्यु भएको बताएका छन्। प्रकृतिमाथि हिंसा भएको विषयलाई विश्वविद्यालय प्रशासनले संवेदनशील रूपमा नलिएको उनीहरूले बताएका छन्।

त्यसपछि आन्दोलन गरेपछि विश्वविद्यालयले उल्टै नेपाली विद्यार्थीहरुलाई छात्रावास छाड्नु भनेर उर्दी जारी गरेको थियो। विश्वविद्यालयले नेपाली विद्यार्थीले ‘तनाव दिएको’ भनेर गैरजिम्मेवार अभिव्यक्तिसहितको विज्ञप्ति जारी गरेको थियो।

यसबारेमा भारतमा सत्तारूढ भाजपासम्बद्ध विद्यार्थी संघले प्रदर्शन गरेको थियो। नेपालमा पनि सोमबारदेखि विभिन्न दलसम्बद्ध विद्यार्थी संगठनले प्रदर्शन गर्दै आएका छन्।

संसदमा पनि यो घटनाबारे जानकारी दिन र प्रकृतिलाई न्याय दिन सांसदहरूले माग गरेका छन्।

यो पनिः 

कलिंग विश्वविद्यालयले माग्यो माफी, नेपाली विद्यार्थी कुट्ने सुरक्षा गार्डलाई निकाल्यो

प्रकाशित मिति: १९:५३ बजे, मंगलबार, फागुन ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्