Kathmandu Press

दुई पत्रकारले समाजवादी प्रेस संगठन छाडे, प्रेस चौतारीमा प्रवेश

नेकपा एकीकृत समाजवादी पार्टीको भातृ संगठन समाजवादी प्रेस संगठनका दुईजना पत्रकार प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन्।
दुई पत्रकारले समाजवादी प्रेस संगठन छाडे, प्रेस चौतारीमा प्रवेश

रौतहट, फागुन ६ : नेकपा एकीकृत समाजवादी पार्टीको भातृ संगठन समाजवादी प्रेस संगठनका दुईजना पत्रकार प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन्।

प्रेस चौतारी नेपाल नेकपा एमाले निकट पत्रकारहरूको संगठन हो। 

Hardik ivf

प्रेस चौतारी रौतहटको आठौं जिल्ला अधिवेशनको उद्घाटनका क्रममा समाजवादी प्रेस संगठनका केन्द्रीय सचिवालय सदस्य तथा पत्रकार महासंघ जिल्ला शाखाका पूर्वअध्यक्ष प्रेमचन्द्र झा र अर्का केन्द्रीय सदस्य कृष्ण तिवारी प्रेस चौतारीमा प्रवेश गरेका हुन ।

प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत र वरिष्ठ नेता विश्वमणि सुवेदी, महासचिव हिरामान लामालगायत मधेश प्रदेशका नेकपा एमाले र प्रेस चौतारीका नेताहरूले दुबै जनालाई टिकामाला लगाई औपचारिक रुपमा प्रेस चौतारीमा प्रवेश गराएका छन ।

प्रेस चौतारीमा प्रवेश गरेका झाले यस संगठनमा रहेर आफूलाइ दिइएको जिम्मेवारी पुरा गर्ने बताए ।

प्रेस चौतारी नेपाल रौतहटका जिल्ला अध्यक्ष आदर्श उपाध्यायका अनुसार उदघाटन सत्र समापन भएको र बन्द सत्रबाट नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रकाशित मिति: १८:१२ बजे, मंगलबार, फागुन ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्