Kathmandu Press

नेपाली विद्यार्थीको अवस्था बुझ्न प्रहरीका वरिष्ठ अधिकारी केआईआईटी विश्वविद्यालयमा

मन्त्री डा.राणाले सामाजिक सञ्जाल एक्समार्फत उक्त जानकारी गराएकी हुन्। उनले नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछिका घटनालाई निरन्तर रुपमा फलोअप गरिरहेको समेत उल्लेख गरेकी छन्।
नेपाली विद्यार्थीको अवस्था बुझ्न प्रहरीका वरिष्ठ अधिकारी केआईआईटी विश्वविद्यालयमा

काठमाडौं, फागुन ६ : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा भएको घटना र विकसित परिस्थितिलाई ‘फलोअप’ गरिरहेको जानकारी दिएकी छन्।

मन्त्री डा.राणाले सामाजिक सञ्जाल एक्समार्फत उक्त जानकारी गराएकी हुन्। उनले नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछिका घटनालाई निरन्तर रुपमा फलोअप गरिरहेको समेत उल्लेख गरेकी छन्।

Hardik ivf

 केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने कार्य अघि बढीरहेको उनले बताएकी छन्। यस सन्दर्भमा नेपाली राजदूताबास नयाँदिल्लीबाट नेपाल प्रहरीका दुई वरिष्ठ अधिकारी मंगलबार बिहानै विश्वविद्यालय पुगेको मन्त्री राणाको भनाई छ। 

उक्त घटनालाई लिएर परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास दिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेको पनि उनले जानकारी गराएकी छन्। 

आफूले फोनमा कुरा गर्दै घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएको भनाई मन्त्री डा.राणाको छ। 

मन्त्री राणाले भनेकी छन्, ‘यस विषयमा नेपाली दूतावास दिल्लीले आवश्यक पहल गरिरहेकै छ । हिजोको कूटनीतिक प्रयासपछि कलेजले विद्यार्थीहरूलाई होस्टेलमा फर्कन अपिल गरिसकेको छ भने नेपाली विद्यार्थीलाई दुव्र्यवहार गर्ने स्टाफलाई कारबाही गरिसकिएको जानकारी पनि विश्वविद्यालयले सार्वजनिक सूचना मार्फत गराएको छ।’
 

प्रकाशित मिति: १८:०७ बजे, मंगलबार, फागुन ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्