Kathmandu Press

सभामुखले नाम बोलाउँदा संसदमा नबोली बाहिरिइन् सुमना  

संसद् बैठकभित्र रहे पनि उनी बोल्न तयार भइनन्। केही समयपछि बैठककक्षबाट बाहिरिइन्। सुमनालाई सभामुख घिमिरेले तीनपटकसम्म नाम लिएर बोलाएका थिए। उनले बोल्नका लागि नाम लेखाएकी थिइन्।
सभामुखले नाम बोलाउँदा संसदमा नबोली बाहिरिइन् सुमना  

काठमाडौं, फागुन ६ : प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्नका लागि सभामुख देवराज घिमिरेले मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठलाई समय दिए। सभामुख घिमिरेले बोल्नका लागि नाम बोलाएका थिए। 

तर संसद् बैठकभित्र रहे पनि उनी बोल्न तयार भइनन्। केही समयपछि बैठककक्षबाट बाहिरिइन्। सुमनालाई सभामुख घिमिरेले तीनपटकसम्म नाम लिएर बोलाएका थिए। उनले बोल्नका लागि नाम लेखाएकी थिइन्।

तर बोल्नका लागि कुनै प्रतिक्रिया नआएपछि सभामुख घिमिरेले उनीपछि बोल्ने पालो रहेकी सांसद सुशीला श्रीपालीलाई समय दिए। 
 
प्रतिनिधिसभाको सोमबारको बैठकमा सुमनाले आकस्मिक समय माग गरे पनि सभामुख घिमिरेले उपलब्ध गराएका थिएनन्। उनले भारतको ओडिसास्थित केआईआईटी कलेजमा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु प्रकरणलाई लिएर कुरा राख्न चाहेकी थिइन्। 

सोमबारको बैठकमा सुमनाले बैठकको सुरुमै समय माग गरेर उठेकी थिइन् । त्यसपछि  सभामुख घिमिरेले बस्न आग्रह गर्दै आकस्मिक समयमा बोल्न नाम टिपाएकाहरूलाई समय दिएका थिए । त्यसपछि उनी बाहिरिएकी थिइन्। नाम टिपाएका ८ सांसदले आफ्ना कुरा राखेपछि सभामुख घिमिरेले आकस्मिक समय सकिएको भन्दै शून्य समय सुरु गरेका थिए। 

सभामुख घिमिरेले नियमावलीप्रति ध्यानाकर्षण गराउँदै श्रेष्ठलाई समय लिएर मात्रै बोल्न पाइने भनेर आग्रह गरेका थिए। 

सभामुख घिमिरेले शून्य समयको कार्यक्रम अघि बढाएपछिसांसद श्रेष्ठ बैठक कक्षबाटै बाहिरिएकी थिइन्। त्यसैको मौन विरोध स्वरुप मंगलबारको बैठकमा पनि उनी बोल्न अस्विकार गरेको आनुमान गरिएको छ। 
 

प्रकाशित मिति: १७:२६ बजे, मंगलबार, फागुन ६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्