Kathmandu Press

नेपाली महिला टिममले युगान्डामा सिरिज खेल्ने, प्रारम्भिक टिम घोषणा

क्यानले घोषणा गरेको प्रारम्भिक टिममा राष्ट्रिय टिमका नियमित सदस्यद्वय सीता रानामगर र कविता कुँवर अटाउन सकेका छैनन्। 
नेपाली महिला टिममले युगान्डामा सिरिज खेल्ने, प्रारम्भिक टिम घोषणा

काठमाडौं, फागुन ६ : नेपाली महिला राष्ट्रिय टिमले युगान्डामा सरिज खेल्ने भएको छ। सिरिज मार्च ६ देखि १७ तारिखसम्म हुने क्यानले जनाएको छ।

क्यानले सो सिरिजका लागि १८ सदस्यीय प्रारम्भिक टिम पनि घोषणा गरेको छ। १८ जनालाई केही साता बन्द प्रशिक्षण गरएपछि युगान्डा भ्रमणका अन्तिम टिम घोषणा गरिनेछ।

क्यानले घोषणा गरेको प्रारम्भिक टिममा राष्ट्रिय टिमका नियमित सदस्यद्वय सीता रानामगर र कविता कुँवर अटाउन सकेका छैनन्। 

यस्तै, यू–१९ टिमका साना प्रविन, सीमना केसी र रिया शर्मा पनि पहिलो पटक सिरियर टिमको बन्द प्रशिक्षणमा परेका छन्। यू–१९ टिमकै कप्तान पुजा महतो र विकेटकिपर ब्याट्सम्यान अलिशा यादव पनि टिममा छन्। दुवैले राष्ट्रिय टिमबाट खेलिसकेका छन्।

नेपाली टोली : इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, विन्दु रावल, पूजा महतो, सबनम राई, सोभा रोकाय, सम्झना खड्का, ममता चौधरी, राजमति ऐरी, रोमा थापा, रचानकुमारी चौधरी, मनिषा उपध्याय, कविता जोशी, ईश्वरी विष्ट, अलिशाकुमारी यादव, साना प्रविन, सीमाना केसी, रिया शर्मा

प्रकाशित मिति: १७:१७ बजे, मंगलबार, फागुन ६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्