Kathmandu Press

मृतक प्रकृतिका पिता भन्छन्– ह्यारेसमेन्टकै कारण छोरीले आत्महत्या गरिन्, निष्पक्ष छानविन होस्

‘यहाँको प्रशासनले अनुसन्धान त गरिरहेको छ। पोष्ट मार्टमको रिपोर्ट पनि आउन बाँकी छ ।सूचना पाएको छौं कि ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङले गर्दा उसले सुसाइड गरेको हो । बाँकी हामीलाई केही थाहा छैन,’ उनले भने।
मृतक प्रकृतिका पिता भन्छन्– ह्यारेसमेन्टकै कारण छोरीले आत्महत्या गरिन्, निष्पक्ष छानविन होस्

काठमाडौं, फागुन ६ : भारतको उडिसास्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा मृतक प्रकृति लम्सालको पिता सुनिलले ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङका कारण छोरीले आत्महत्या गरेको सूचना पाएको बताएका छन्। 

मंगलबार घटनास्थल पुगेका लम्सालले भारतीय मिडियासँगको कुराकानीमा ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङका कारण छोरीले आत्महत्या गरेको सूचना पाएको भन्दै मृत्युका सम्बन्धमा निष्पक्ष छानबिन गर्न आग्रह गरे।  

‘यहाँको प्रशासनले अनुसन्धान त गरिरहेको छ। पोष्ट मार्टमको रिपोर्ट पनि आउन बाँकी छ ।सूचना पाएको छौं कि ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङले गर्दा उसले सुसाइड गरेको हो । बाँकी हामीलाई केही थाहा छैन,’ उनले भने।

उनले त्यहाँको कानूनी प्रक्रिया सकेर छोरीको शव सके आज नसके भोलिसम्म नेपाल लैजाने जानकारी दिए। 

‘लिएर त जानै छ । हेरौं के हुन्छ। तर प्रोसिडियर हुन्छ। एउटा देशबाट अर्को देश लाने कुरा हो। सकेसम्म आज भए आज नभए भोलि लैजाने छौं,’ उनले भने, ‘हाम्रो माग भनेको न्याय हो अरु केही छ्रैन्, मात्र न्याय हो।’

यघटनापछि नेपाली विद्यार्थीलाई कलेजले ज्यादती गरेर सहि नगरेको पनि उनले बताए। आफू आएपछि सोमबार युनिभर्सिटीसँग कुरा भएको र राम्रो समन्वय गरिरहेको उनले बताए जानकारी दिए ।  
 
प्रकाशित मिति: १६:०८ बजे, मंगलबार, फागुन ६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्