Kathmandu Press

संसदमा नागरिकका एजेण्डाहरुले स्थान पाउन छाड्यो : सांसद् किराँती

केही दिन अगाडि भएको प्रधानमन्त्रीसँगको सवाल जवाफमा भएको कुरुपचित्र देखेर संसार हाँसेको भन्दै उनले आज मूलुकलाई अहंकार होईन्, धैर्यता, संयमता र उच्च नौतिकताको आवश्यकता रहेको बताए। 
संसदमा नागरिकका एजेण्डाहरुले स्थान पाउन छाड्यो : सांसद् किराँती

काठमाडौं, फागुन ६ : नेकपा माओवादी केन्द्रका सांसद सुदन किँरातीले संसदमा नागरिकका एजेण्डाहरुले स्थान पाउन छाडेको गुनासो गरेका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मिडिया खपतको लागि आरोप प्रत्यारोप गर्ने र दुव्र्यसनीको अड्डा संसद बन्दै गइरहेको आरोप लगाए। 

Hardik ivf

केही दिन अगाडि भएको प्रधानमन्त्रीसँगको सवाल जवाफमा भएको कुरुपचित्र देखेर संसार हाँसेको भन्दै उनले आज मूलुकलाई अहंकार होईन्, धैर्यता, संयमता र उच्च नौतिकताको आवश्यकता रहेको बताए। 

‘दुःखका साथ भन्नुपर्छ हाम्रो संसदमा नागरिकका एजेण्डाहरुले स्थान पाउन छाड्यो। बरु मिडिया खपतको लागि आरोप प्रत्यारोप गर्ने र दुव्र्यसनिको अड्डा संसद बन्दै गइरहेको छ,’ उनले भने, ‘केही दिन अगाडि भएको प्रधानमन्त्रीसँगको सवाल जवाफमा भएको कुरुपचित्र देखेर संसार हाँस्यो  आज मूलुकलाई अहंकार होईन्,धैर्यता संयमता र उच्च नौतिकताको आवश्यकता छ।’

उनले हिजो सोमबारको प्रतिनिधिसभाको बैठकमा मृतक प्रकृति लम्सालका बारेमा बोल्न प्रतिबन्ध लगाइएको भन्दै उनले आज बोल्न मिल्ने हिजो नमिल्ने? नियमावलीले छेक्यो कि नियतले? भन्दै प्रश्न गरे। 
 
प्रकाशित मिति: १४:५२ बजे, मंगलबार, फागुन ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्