Kathmandu Press

‘सरकारले सदनप्रति देखाएको अनुत्तरदायी व्यवहारले लज्जावोध भयो’

उनले आज भन्दा पाँच महिना अगाडि साउन २१ मा सदनमा नेपाल रेडक्रस सोसाइटीमा भएको चरम भ्रष्टाचारको विषयमा सरकारसँग जवाफ माग गरेको तर आजसम्म पनि त्यसको जवाफ नआएकोमा आपत्ति जनाइन्। 
‘सरकारले सदनप्रति देखाएको अनुत्तरदायी व्यवहारले लज्जावोध भयो’
Hardik ivf

काठमाडौं, फागुन ६ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले सरकारले सदनप्रति देखाएको अनुत्तरदायी र जवाफहीन व्यवहारले लज्जावोध भइरहेको बताएकी छिन्। 

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आज भन्दा पाँच महिना अगाडि साउन २१ मा सदनमा नेपाल रेडक्रस सोसाइटीमा भएको चरम भ्रष्टाचारको विषयमा सरकारसँग जवाफ माग गरेको तर आजसम्म पनि त्यसको जवाफ नआएकोमा आपत्ति जनाइन्। 

‘आज मलाई यो सरकारले सदनप्रति देखाएको अनुत्तरदायी जवाफहिन व्यवहार देखेर जज्जावोध भइरहेको छ। आजभन्दा पाँच महिना अगाडि साउन २१ २०८१ मा यही सदनमा उभिएर मैले नेपाल रेडक्रस सोसाइटीमा भएको चरम भ्रष्टाचारको विषय उठाएको थिएँ। महिला बालबालिका मन्त्रालय,समाज कल्याण परिषद् अन्तर्गत भएको १७औं छानबीनको १७औं प्रतिवेदन सार्वजनिक गरियोस् । दोषिलाई कारबाही गरियोस् भनेर माग गरँे,’ उनले भनिन्, टेन्डर खरिद गर्दा चलखेलको विषय र केन्द्रीय कार्यसमितिको बैद्यानिकताको विषयमा सरकारसँग जवाफ मागेको थिएँ। तर न प्रतिवेदन सार्वजनिक भयो, न सरकारले जवाफ दियो । न सरकार संवेदनशिल देखियो र त संसद नै।’

प्रकाशित मिति: १४:२३ बजे, मंगलबार, फागुन ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्