Kathmandu Press

सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयक पारित हुन दिन्नँ : सांसद बजगाईं 

उनले विधेयकको विपक्षमा आफू संसदमा खडा हुने बताए। कांग्रेसका शीर्ष नेताहरू समेत रहेको उच्चस्तरीय संयन्त्रले सहमति जनाएर उक्त विधेयक ल्याइएको थियो। 
सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयक पारित हुन दिन्नँ : सांसद बजगाईं 

काठमाडौं, फागुन ६ : नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले सरकारले ल्याएको सामाजिक सञ्जाल सञ्चालन तथा नियमन सम्बन्धी विधेयक संसदबाट पारित हुन नदिने बताएका छन्।

सांसद बजगाईंले नेपाल प्रेस युनियनका जिल्ला शाखा अध्यक्षहरूको भेलालाई मंगलवार सम्बोधन गर्दै यस्तो भनाई राखेका हुन्। 

उनले विधेयकको विपक्षमा आफू संसदमा खडा हुने बताए। कांग्रेसका शीर्ष नेताहरू समेत रहेको उच्चस्तरीय संयन्त्रले सहमति जनाएर उक्त विधेयक ल्याइएको थियो। 

‘तर त्यसमा रहनुभएका महामन्त्री गगन थापाले सामाजिक सञ्जाल सम्बन्धी विधेयक पारित हुँदैन भन्नुभएको छ। कुन कुन अध्यादेश निर्माणमा उहाँको सहमति हो, कुनमा होइन? प्रष्ट हुनुपर्छ,’ सांसद बजगाईंले भने, ‘अर्का महामन्त्री विश्व प्रकाश शर्माले यो विधेयक पास हुँदैन भन्नुभएको छ। नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले मेरो र मेरो अग्रजलाई सोधेर म अघि बढ्छु। प्रेस स्वतन्त्रको पक्षमा उभिएको पार्टी भएकाले प्रेसमा अंकुश लगाउने विधेयकको विपक्षमा म उभिनेछु। मलाई आशा छ मेरो पार्टीले पनि त्यो पास गर्नेछैन।’

प्रकाशित मिति: १३:३० बजे, मंगलबार, फागुन ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्