Kathmandu Press

रवि लामिछाने काठमाडौं. जिल्ला अदालतमा हाजिर 

लामिछाने स्वर्णलक्ष्मी सहकारी बचत ठगी प्रकरणसम्बन्धी मुद्दामा पहिलो तारिखका लागि अदालत पुगेका हुन्। लामिछननेसँगै उनकी श्रीमती निकिता पनि अदालत पुगेकी छिन्। 
रवि लामिछाने काठमाडौं. जिल्ला अदालतमा हाजिर 

काठमाडौं, फागुन ६ : रास्वपा सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा हाजिर भएकान छन्। 

लामिछाने स्वर्णलक्ष्मी सहकारी बचत ठगी प्रकरणसम्बन्धी मुद्दामा पहिलो तारिखका लागि अदालत पुगेका हुन्। लामिछननेसँगै उनकी श्रीमती निकिता पनि अदालत पुगेकी छिन्। 

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दामा लामिछानेलाई गत माघ २ गते काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। 

विभिन्न पाँचवटा सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर ठगी गरेको आरोपमा लामिछानेलाई गत कात्तिक २ गते पक्राउ गरी मुद्दा चलाइएको छ। 

प्रकाशित मिति: १४:०९ बजे, मंगलबार, फागुन ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्