Kathmandu Press

सामाजिक संजाल सम्बन्धि विधेयक जस्ताको त्यस्तै पारित गर्न मिल्दैन् : डा. कोइराला

उनले विधेयक फिर्ता गरेर स्टेक होल्डर र अन्य सामाजिक सञ्जालको प्रयोग गर्नेहरुसँग बसेर छलफल गरेर मात्र विधेयक ल्याउनु पर्नेमा जोड दिए। 
सामाजिक संजाल सम्बन्धि विधेयक जस्ताको त्यस्तै पारित गर्न मिल्दैन् : डा. कोइराला

काठमाडौं, फागुन ६ : नेपाली काङ्ग्रेसका नेता शेखर कोइरालाले सामाजिक सञ्जाल सम्बन्धी विधेयक जस्ताको त्यस्तै पास हुने हो भने अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुग्ने बताएका छन्।  

मंगलबार काठमाडौंमा आयोजित नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा उनले नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न नपाउने कुरामा दुई मत नभएको भन्दै विधेयक फिर्ता गरेर सामाजिक सञ्जाल प्रयोग गर्नेहरुसँग बसेर छलफल गर्नुपर्ने बताए। 

‘सामाजिक सञ्जाल विधेयक भर्खर संसदमा गएको छ, छलफल हुन बाँकी नै छ।  जसरी यो विधेयक आएको छ र जस्ताको त्यस्तै पास भयो भने मानिसको अभिव्यक्ति स्वतन्त्रतामाथि नै आघात पुग्छ,’ उनले भने, ‘नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न पाइदैँन् भन्ने कुरामा दुई मत छैन।’

उनले विधेयक फिर्ता गरेर स्टेक होल्डर र अन्य सामाजिक सञ्जालको प्रयोग गर्नेहरुसँग बसेर छलफल गरेर मात्र विधेयक ल्याउनु पर्नेमा जोड दिए। 
 
प्रकाशित मिति: १३:५८ बजे, मंगलबार, फागुन ६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्