Kathmandu Press

किट विश्वविद्यालले माफी माग्यो, नेपाली कुट्ने २ सुरक्षा गार्ड र ३ कर्मचारी कारबाहीमा

‘हाम्रा कर्मचारीको व्यवहारबारे, हामी मान्छौं कि आवेगमा आएर केही टिप्पणीहरू भए र त्यसबाट पुग्न गएको समस्याका लागि क्षमा चाहान्छौं। हामी सबै भन्दा माथि विद्यार्थीहरूको सुरक्षा र कल्याणलाई प्राथमिकता दिन्छौं,’ सूचनामा भनिएको छ।
किट विश्वविद्यालले माफी माग्यो, नेपाली कुट्ने २ सुरक्षा गार्ड र ३ कर्मचारी कारबाहीमा

काठमाडौं, फागुन ६ : भारतको ओडिसास्थित भुवनेश्वरको कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) ले माफी मागेको छ। मंगलबार एक सूचना जारी गर्दै किट विश्वविद्यालयले नेपाली विद्यार्थी भएको घटनामा क्षमा मागेको हो।

विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु भएपछि निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरेका नेपाली विद्यार्थीमाथि क्याम्पस प्रशासन र सुरक्षा कर्मचारीले दुर्व्यवहार र कुटपिट गरेका थिए। उनीहरुले घटनाको अनुसन्धान र न्यायको माग गर्दा दमन भएको थियो। 

मंगलबार विश्वविद्यालयले उक्त घटनाबारे फलोअप सूचना जारी गर्दै दुई जना सुरक्षा गार्डलाई बर्खास्त गरिएको जानएको छ। यस्तै, छात्रावासका दुई जना उच्च अधिकारी र एक जना प्रशासन अधिकृतलाई तत्कालका लागि बर्खास्त गरिएको विश्वविद्यालयले जनाएको छ।

‘हाम्रा कर्मचारीको व्यवहारबारे, हामी मान्छौं कि आवेगमा आएर केही टिप्पणीहरू भए र त्यसबाट पुग्न गएको समस्याका लागि क्षमा चाहान्छौं। हामी सबै भन्दा माथि विद्यार्थीहरूको सुरक्षा र कल्याणलाई प्राथमिकता दिन्छौं,’ सूचनामा भनिएको छ।

अहिले विश्वविद्यालयले विद्यार्थीलाई फर्काउन पहल गरिरहेको समेत जनाएको छ। त्यस्तै नेपाली विद्यार्थीको सुरक्षाका लागि सधैं प्राथमिकता दिएको विश्वविद्यालयले जनाएको छ। 

विद्यार्थीको प्रदर्शन चर्केपछि विश्वविद्यालय प्रशासनले सबै नेपाली विद्यार्थीलाई तत्काल छात्रावास छाड्न सूचना जारी गरेको थियो । केआईआईटीका रजिस्ट्रारले जारी गरेको सूचनामा नेपाली विद्यार्थीलाई अर्को सूचना नभएसम्मका लागि तत्काल छात्रावास छाड्न भनिएको छ ।

नयाँदिल्लीस्थित नेपाली दूतावासले कूटनीतिक च्यानलमार्फत र सिधै विश्वविद्यालयसँग संवाद गरेपछि कलेज प्रशासनले विद्यार्थीलाई छात्रावासमा फर्कन सूचना जारी गरेको छ ।

प्रकाशित मिति: १३:५६ बजे, मंगलबार, फागुन ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्