Kathmandu Press

राष्ट्रियसभामा प्रकृति लम्साल मृत्यु घटनाको छानबिन गर्न कुटनीतिक पहलको माग

राष्ट्रियसभाको बैठकमा बोल्दै अध्यक्ष दाहालले लम्सालको रहस्यमय मृत्युले सभाको गम्भीर ध्यानाकर्षण भएको बताए। उनले उक्त प्रकरणमा सत्यतथ्य छानबिन गरी उचित न्याय प्रदान गर्न गम्भीर रूपमा यथाशीघ्र गम्भीर कूटनीतिक पहल थाल्न सरकारको ध्यानाकर्षण गराए।
राष्ट्रियसभामा प्रकृति लम्साल मृत्यु घटनाको छानबिन गर्न कुटनीतिक पहलको माग

काठमाडौं, फागुन ६ : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भारतको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)  विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणबारे सत्यतथ्य छानबिन गर्न माग गरेका छन्। 

राष्ट्रियसभाको बैठकमा बोल्दै अध्यक्ष दाहालले लम्सालको रहस्यमय मृत्युले सभाको गम्भीर ध्यानाकर्षण भएको बताए। उनले उक्त प्रकरणमा सत्यतथ्य छानबिन गरी उचित न्याय प्रदान गर्न गम्भीर रूपमा यथाशीघ्र गम्भीर कूटनीतिक पहल थाल्न सरकारको ध्यानाकर्षण गराए। 

सभाको आकस्मिक समयमा बोल्दै राष्ट्रिय सभाका सांसदहरूले पनि लम्सालको मृत्यु प्रकरणबारे गम्भीर छानबिन गर्नुपर्ने माग गरे।

Hardik ivf

सांसद राधेश्याम पासवानले लम्सालको मृत्यु प्रकरणको विषयमा छानबिन हुनुपर्ने माग गरे। उनले सोही कलेजमा अध्ययनरत विद्यार्थी अड्विक श्रीवास्तवले पटकपटक दिइरहेको मानसिक यातनाबारे प्रमाणसहित कलेज प्रशासनमा पेस गर्दा पनि सुनुवाइ नहुँदा लम्सालले आत्महत्या गर्नुपरेको पासवानले बताए। 

उनले नेपाल सरकराले कूटनीतिक पहल गरेर अलपत्रमा परेका विद्यार्थीहरुको उद्धार गर्नुपर्ने पनि बताए। 

सांसद मदनकुमारी शाह गरिमाले लम्सालको पार्थिक शरीर आफन्तलाई हेर्न नदिनु अन्याय भएको भन्दै लम्सालको न्यायका लागि आवाज उठाउँदा कलेज प्रशासनले दमन गरेको बताइन्। 

राष्ट्रिय सभाका अर्का सांसद कृष्णबहादुर रोकायले पनि नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणको विषयमा आवाज उठाउँदा अन्य नेपाली विद्यार्थी माथि दमन भइरहेको भन्दै ध्यानाकर्षण गराए । सांसद मोहम्मद खालिदले लम्सालको पनि केआइआइटी विश्वविद्यालयमा अध्ययनरत अन्य विद्यार्थीहरुको सुरक्षाका लागि पहल गर्नुपर्ने बताए। 

सांसद तुलप्रसाद विश्वकर्माले पनि लम्सालको मृत्यु प्रकरणको विषयमा सरकारको ध्यानाकर्षण गराए। यस्तै सांसद तुलसाकुमारी दाहालले कडाइका साथ छानबिनको माग गरिन्। 

लम्साल मृत्यु प्रकरणमा केआईआईटीका २ सुरक्षा गार्ड बर्खास्त, ३ अधिकारी निलम्बन भएका छन्। 
 

प्रकाशित मिति: १३:३९ बजे, मंगलबार, फागुन ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्