Kathmandu Press

प्रजातन्त्रमा संसदलाई नजरअन्दाज गर्न सकिँदैन : एनपी साउद

नेपाल प्रेस युनियनले आयोजना गरेको युनियनका शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै साउदले अध्यादेशका बारेमा सरकारले दिइरहेका अभिव्यक्त जिम्मेवार नभएको बताए।
प्रजातन्त्रमा संसदलाई नजरअन्दाज गर्न सकिँदैन : एनपी साउद

काठमाडौं, फागुन ६ : कांग्रेस सांसद एनपी साउदले सरकारले अध्यादेश जारी गरेपछि विभिन्न खालको प्रश्नहरु उठ्न थालेको भन्दै प्रजातन्त्रमा संसदलाई नजरअन्दाज गरेर कुनै पनि शासन अगाडि बढ्न नसक्ने बताएका छन्। 

नेपाल प्रेस युनियनले आयोजना गरेको युनियनका शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै साउदले अध्यादेशका बारेमा सरकारले दिइरहेका अभिव्यक्त जिम्मेवार नभएको बताए।

Hardik ivf

‘सरकारका माथिल्लो निकायका व्यक्तिहरुले जसरी आर्थिक विकासको लागि अध्यादेश ल्याएको भनेर भन्दै छन् । त्यो जिम्मेवार अनुकुलको अभिव्यक्ति छैन। यसले अर्को प्रश्न पनि उठाएको छ,’ उनले भने, ‘के संसदले बनाउने कानूनले आर्थिक विकास र सुशासनमा कुनै बाधा पु¥याएको छ? अध्यादेशबाट मात्र विकास हुने कुरा सम्भव छैन। प्रजातन्त्रमा संसदलाई नजरअन्दाज गरेर कुनै पनि शासन अगाडि बढ्न सक्दैन।’

यस्तै, नेता साउदले सत्ताले आफ्नो सिमा मिच्न खोज्दा पत्रकारहरुले आफ्नो कलमले सत्ता र सरकारलाई सिमा देखाउनुपर्ने भन्दै सत्तासँग पत्रकारहरुको गहिरो सम्बन्ध हुने बताए । 

‘सत्तासँग पनि पत्रकारहरुको गहिरो सम्बन्ध हुन्छ । सत्ता शक्तिमा आधारित हुन्छ, सन्दर्भमा कहिलेकाही शक्तिले आफ्नो सीमा मिच्न खोज्दा पत्रकार साथीहरुले आफ्नो कलमले सत्ता र सरकारलाई सीमा देखाउनुपर्छ,’ उनले भने, ‘अहिले यो गठबन्धनको सरकार आएपछि जनताको आशा अपेक्षाहरु पूरा गर्ने सन्दर्भमा सरकार जिम्मेवार बन्नुपर्छ भनेर लगातार खबरदारी गरिरहेका छांै।’

प्रकाशित मिति: १३:३६ बजे, मंगलबार, फागुन ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्