Kathmandu Press

नयाँ दिल्लीमा दुई सय जना स्वास्थ्यकर्मीमा कोभिड १९ संक्रमण

नयाँ दिल्ली, वैशाख १६ : भारतको राजधानी नयाँ दिल्लीमा मात्र कोभिड १९ बाट दुई सय जना चिकित्सकसहितका स्वास्थ्यकर्मी संक्रमित भएका छन्।
दिल्ली....

नयाँ दिल्लीमा दुई सय जना स्वास्थ्यकर्मीमा कोभिड १९ संक्रमण

नयाँ दिल्ली, वैशाख १६ : भारतको राजधानी नयाँ दिल्लीमा मात्र कोभिड १९ बाट दुई सय जना चिकित्सकसहितका स्वास्थ्यकर्मी संक्रमित भएका छन्।
दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले मंगलबार नयाँ दिल्लीमा मात्र कोभिडका बिरामीको संख्या ३ हजार नाघेको बताए। उनले यहाँ ३ हजार १०८ जनामा यसको संक्रमण देखिएको जानकारी दिए।

यहाँ सरकारी तथा निजी अस्पताल सबैमा गरेर २०० जना स्वास्थ्यकर्मी कोभिड १९ को विरामी परेका छन्। उनले दिन प्रतिदिन संक्रमित स्वास्थ्यकर्मीहरुको संख्या बढ्ने गरेको पनि बताए।

उनका अनुसार कोभिड १९ को उपचारको लागि तोकिएका अस्पतालमा भन्दा अन्य अस्पतालका स्वास्थ्यकर्मीहरुमा यसको संक्रमण देखिएको छ। दिल्लीको बाबु जग्जीवन राम मेमोरियल अस्पतालका मात्र ६० जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको उनले बताए।

दिल्लीमातीन हजार एक सय आठ संक्रमित रहेकोमा आठ सय ७७ जना विरामी निको भइसकेका छन्। हाल दिल्लीमा दुई हजार एक सय ७७ संक्रमित उपचाररत छन्। 

उनका अनुसार सोमबार मात्र एक सय ९० जना नयाँ संक्रमित दिल्लीमा थपिएका छन्। साथै ५४ जनाको ज्यान गएको छ। नयाँ दिल्लीमा गएको १३ दिनमा कोभिड १९ का संक्रमितको संख्या दोब्बर हुन पुगेको छ।

प्रकाशित मिति: १४:१९ बजे, मंगलबार, वैशाख १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्