प्रकृति लम्सालका लागि न्याय माग्दै नेविसंघको प्रदर्शन
‘जटिस्स फर प्रकृति लम्साल’, ‘बोल्न देउ सरकार’, ‘सुरक्षा अधिकार हो, विशेष अधिकार होइन’ लगायतका नारा लेखिएका प्लेकार्ड उनीहरुले बोकेका थिए।
काठमाडौं, फागुन ६ : भारतको उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालका लागि न्यायको माग गर्दै नेविसंघले प्रदर्शन गरेको छ।
त्रिचन्द्र क्याम्पसका नेविसंघ नेता–कार्यकर्ताले प्रकृतिको न्यायको पक्षमा प्रदर्शन गरेका हुन्।
‘जटिस्स फर प्रकृति लम्साल’, ‘बोल्न देउ सरकार’, ‘सुरक्षा अधिकार हो, विशेष अधिकार होइन’ लगायतका नारा लेखिएका प्लेकार्ड उनीहरुले बोकेका थिए।
सो विश्वविद्यालयमा बी–टेक अध्ययनरत बुटवलकी प्रकृति लम्सालले आइतबार छात्रावासमै आत्महत्या गरेकी थिइन्। उनले भारतीय विद्यार्थी आद्विक श्रीवास्तवको दुर्व्यवहार सहन नसकेर आत्महत्या गरेको बताइएको छ।
प्रकृतिको न्यायाका लागि भारतमा पनि विद्यार्थीहरूले प्रदर्शन गरिरहेका छन्।
प्रकाशित मिति: १३:२५ बजे, मंगलबार, फागुन ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












