Kathmandu Press

अनलाइन जुवा खेलाएको आरोपमा २४ जना भारतीय नागरिक पक्राउ

उनीहरुविरुद्ध अनलाइन जुवा खेलाएको आरोप छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति बूढानीलकण्ठको एक घरमा छापा मारेर २४ भारतीय नागरिकलाई पक्राउ गरेको हो। 
अनलाइन जुवा खेलाएको आरोपमा २४ जना भारतीय नागरिक पक्राउ

काठमाडौं, फागुन ५ : जुवा खेलाएको आरोपमा काठमाडौँको बूढानीलकण्ठबाट प्रहरीले २४ जना भारतीय नागरिकहरूलाई पक्राउ गरेको छ। 

उनीहरुविरुद्ध अनलाइन जुवा खेलाएको आरोप छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति बूढानीलकण्ठको एक घरमा छापा मारेर २४ भारतीय नागरिकलाई पक्राउ गरेको हो। 

उनीहरुले १ अर्ब ६४ करोड ३९ लाखको कारोबार गरेको अनुसन्धानबाट खुलेको छ। आरोपितको साथबाट २१ थान मोबाइल र ३८ थान ल्यापटप बरामद गरिएको छ। 
 
प्रकाशित मिति: १३:१३ बजे, मंगलबार, फागुन ६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्