Kathmandu Press

राष्ट्रिय सभा बैठक बस्दै   

आज बैठकमा प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको आर्थिक वर्ष २०८०/८१ को ६५औँ वार्षिक प्रतिवेदन पेश गर्नेछन्।  
राष्ट्रिय सभा बैठक बस्दै   

काठमाडौं, फागुन ६ : संघीय संसद् अन्तर्गत् राष्ट्रिय सभाको बैठक आज (मंगलबार) बस्ने भएको छ।  

बैठक दिउँसो १ः१५ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो। 

आज बैठकमा प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको आर्थिक वर्ष २०८०/८१ को ६५औँ वार्षिक प्रतिवेदन पेश गर्नेछन्।  

यसैगरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। 
 

प्रकाशित मिति: ११:१० बजे, मंगलबार, फागुन ६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्