Kathmandu Press

प्रतिनिधिसभाको बैठक बस्दै, के–के छन् कार्यसूची?

दिउँसो १ बजे संसद् भवनमा बस्ने बैठकमा प्रधानमन्त्री केपी ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८० पेश गर्ने कार्यसूची छ। 
प्रतिनिधिसभाको बैठक बस्दै, के–के छन् कार्यसूची?

काठमाडौं, फागुन ६ : संघीय संसद् अन्तर्गत् प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। 

मंगलबार दिउँसो १ बजे संसद् भवनमा बस्ने बैठकमा प्रधानमन्त्री केपी ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८० पेश गर्ने कार्यसूची छ। 

आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। 

यसैगरी उनले विद्युतीय व्यापार (इ–कमर्श) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। 
 

प्रकाशित मिति: ११:३० बजे, मंगलबार, फागुन ६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्