Kathmandu Press

कोरियाबाट बिदामा नेपाल आएका नेपाली नागरिकलाई चार्टर्ड विमानमार्फत लगिने

काठमाडौं, वैशाख १६ : कोरोना माहामारीअघि बिदा लिएर दक्षिण कोरियाबाट नेपाल पुगेका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायीलाई नेपाल एयरलाइन्सको चार्टर्ड व....

कोरियाबाट बिदामा नेपाल आएका नेपाली नागरिकलाई चार्टर्ड विमानमार्फत लगिने

काठमाडौं, वैशाख १६ : कोरोना माहामारीअघि बिदा लिएर दक्षिण कोरियाबाट नेपाल पुगेका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायीलाई नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत कोरिया फर्काउन सहयोग गरिने भएको छ। एनआरएनए केन्द्रीय कमिटि र नेपाल एयरलान्सबीच सोमबार एक सम्झौता भएको एनआरएनए कोरियाका महासचिव डा विमल सुवेदीले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा अप्रिल ३० तारिखमा फ्लाइट हुनेछ। जसमा भिसा सकिन लागेकालाई प्रथमिकता दिइ उडाइनेछ।

विशेषगरी लकडाउन हुनुअघि दक्षिण कोरियाबाट छोटो अवधिको बिदा लिएर नेपाल पुगेका नेपाली श्रमिक समयमै फर्किन नसक्दा भिसा नै रद्द हुने हो कि भन्ने चिन्ता थपिएको थियो। आफूले काम गरिरहेको कम्पनीले छिटो फर्कन भनिरहने तर लकडाउनका कारण फर्कन नसक्दा नेपालमा रहेका नेपाली श्रमिक चिन्तित थिए।

जसका लागि सहयोग गर्न यहाँको एनआरएनए, सामाजिक तथा व्यवसायी संगठनहरुले नेपाल सरकारलाई अनुरोध गरेका थिए। अनुरोधबमोजिम नेपाल सरकारले मन्त्रिपरिषद्को बैठकबाटै लकडाउन अवधिमा भए पनि कोरिया सरकारसँग छलफल गरी फर्कनुपर्ने नेपालीलाई कोरिया फर्कन मिल्ने निर्णय गरेको थियो। निर्णयपश्चात एनआरएनए कोरियाले नेपाल एयरलाइन्ससँग विमान चार्टर्ड गर्ने सम्झौता गरेको हो।

यसरी फर्किने श्रमिकले टिकटवापत एक लाख १३ हजार ७७५ रुपैँया अप्रिल २९ तारिख दिउँसो २ बजेभित्र बुझाउनुपर्ने हुन्छ। कोरिया फर्केपछि अनिवार्यरूपमा १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ। सेल्फ क्वारेन्टाइनको व्यवस्था गर्न नसक्नेहरूले इन्छन एयरपोर्टको हेल्प डेस्कमा सम्पर्क गरी दिनको एक लाख कोरियन वन तिरेर क्वारेन्टाइनको सुविधा लिनसक्ने पनि बताइएको छ। कुनै समस्या वा जानकारी लिनुपर्ने भए एनआरएनए कोरियाका प्रतिनिधिसँग सम्पर्क गर्न पनि भनिएको छ।

प्रकाशित मिति: १४:०४ बजे, मंगलबार, वैशाख १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्