Kathmandu Press

प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन

प्रधानमन्त्री केपी शर्मा ओलीले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको अवलोकन गरेका छन्।
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन

दाङ, फागुन ५ :  प्रधानमन्त्री केपी शर्मा ओलीले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको अवलोकन गरेका छन्।

आज विमास्थलको अवलोकन गर्दै उनले विमानस्थल सञ्चालन र स्तरोन्नतिका लागि  आगामी वर्ष बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए।

'यस वर्ष विमानस्थलका लागि बजेट छुट्याइएको छैन।आगामी वर्ष बजेट छुट्याएर स्तरोन्नति गर्नेछौँ,' प्रधानमन्त्री ओलीले भने।  

प्रधानमन्त्रीसँगै नेकपा (एमाले) महासचिव शङ्कर पोखरेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, राष्ट्रियसभाका पूर्वसदस्य कोमल वलीलगायतले विमानस्थल अवलोकन गरे।

आजै प्रधानमन्त्री ओलीले तुलसीपुरस्थित कोमल रिसोर्टको पनि उद्घाटन गरेका छन्। राष्ट्रियसभाका पूर्वसदस्य कोमल वलीले उक्त रिसोर्ट सञ्चालनमा ल्याएका हुन्।

प्रकाशित मिति: २१:०३ बजे, सोमबार, फागुन ५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्