Kathmandu Press

प्रकृती लम्सालको न्याय माग गर्दै भारतीय दूतावास अगाडि अनेरास्ववियू प्रदर्शन [फोटो फिचर]

नेकपा एमाले सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले भारतमा नेपाली छात्राको मृत्यु घटना सार्वजनिक भएपछि नेपालस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ ।
प्रकृती लम्सालको न्याय माग गर्दै भारतीय दूतावास अगाडि अनेरास्ववियू प्रदर्शन [फोटो फिचर]

काठमाडौं, फागुन ५ : नेकपा एमाले सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले भारतमा नेपाली छात्राको मृत्यु घटना सार्वजनिक भएपछि नेपालस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ ।

सोमबार भारतीय विश्वविद्यालयमा नेपाली विद्यार्थीमाथि ज्यादती भएको भन्दै लैनचौरस्थित भारतीय दूतावास अगाडि अनेरास्ववियुले प्रदर्शन गरेको हो। 

भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टलमा एक नेपाली छात्राको मृत्यु भएको थियो। मृतक छात्रा रुपन्देहीको प्रकृती लम्साल रहेको बताइएको छ ।  

सोही क्रममा अनेरास्ववियुका अध्यक्ष समिक बडालले प्रकृती लम्सालको हत्या भएको भनेर हत्यारालाई कारबाहीको अपिल गर्दै आन्दोलनमा रहेका नेपाली विद्यार्थीहरुलाई कलेज प्रशासनले निकाला गरेको भन्दै यस्तो कार्यको विरुद्ध आन्दोलनमा उत्रिएको बताए ।

उनले भने, ‘नेपाली विद्यार्थीले सुरक्षित रुपमा आफ्नो पढाइ गर्न पाउनुपर्छ । प्रकृती लम्साल जसको हत्या भएको भनेर नेपाली विद्यार्थीहरुले त्यहाँ कलेज प्रशासनलाई हत्यारालाई कारबाही गर्नको लागि अपिल गर्दै गर्दा नेपाली विद्यार्थीहरुलाई कलेज प्रशासनले निकाला गरेको कुरा आएको छ । यस्तै गर्ने हो भने हामी पनि हातमा चुप बस्दैनौ भनेर जानकारी गराउनको लागि हामी यहाँ आएका छौं।’

यसको साथै, उनले विश्वभर रहेका नेपालीहरुको साथ र सहयोग भारतमा रहेको त्यो प्रकृती लम्साललाई न्याय दिने आन्दोलनप्रति छ भन्ने संकेत दिनको लागि पनि दूतावास अगाडि आएको बताए।

तस्बिरहरूः  

protest-ansfu-(22)-ink-1739804359.jpeg

protest-ansfu-(21)-ink-1739804355.jpeg

protest-ansfu-(20)-ink-1739804351.jpeg

protest-ansfu-(19)-ink-1739804345.jpeg

protest-ansfu-(18)-ink-1739804341.jpeg

protest-ansfu-(17)-ink-1739804337.jpeg

protest-ansfu-(16)-ink-1739804325.jpeg

protest-ansfu-(15)-ink-1739804316.jpeg

protest-ansfu-(14)-ink-1739804064.jpeg

protest-ansfu-(13)-ink-1739803963.jpeg

protest-ansfu-(12)-ink-1739803913.jpeg

protest-ansfu-(11)-ink-1739803888.jpeg

protest-ansfu-(8)-ink-1739803861.jpeg

protest-ansfu-(9)-ink-1739803862.jpeg

प्रकाशित मिति: २०:४७ बजे, सोमबार, फागुन ५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्