Kathmandu Press

स्वीकृतिविना ६९ रुख काटेको आरोपमा विद्युत प्राधिकरणका कर्मचारीसहित २ जना पक्राउ

जिल्लाको टुटेश्वर सवडिभिजन वन क्षेत्रबाट स्वीकृतिबिना संरक्षित प्रजातिका ६९ रुख कटान गरेको आरोपमा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीसहित दुई जनालाई पक्राउ गरिएको छ।
स्वीकृतिविना ६९ रुख काटेको आरोपमा विद्युत प्राधिकरणका कर्मचारीसहित २ जना पक्राउ

महोत्तरी, फागुन ५ : जिल्लाको टुटेश्वर सवडिभिजन वन क्षेत्रबाट स्वीकृतिबिना संरक्षित प्रजातिका ६९ रुख कटान गरेको आरोपमा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीसहित दुई जनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा प्राधिकरणको ढल्केवर प्रसारण केन्द्रमा कार्यरत धनुषाको मिथिलाबिहारी नगरपालिका–८ बस्ने कुलदीप यादव र धनुषाकै लक्ष्मीनियाँ गाउँपालिका–९ बस्ने चन्देश्वर यादव रहेको टुटेश्वर सवडिभिजन वन कार्यालयले जनाएको छ।

हेटौँडा–ढल्केवर–इनरुवा चार सय केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणका लागि वन कार्यालयको स्वीकृतिबिना नै रुख कटान गरिरहेको अवस्थामा उनीहरूलाई आइतबार कार्यालयका अधिकृत राकेश विश्वकर्माको नेतृत्वमा खटिगएको टोलीले नियन्त्रणमा लिएको हो।

प्राधिकरणका कर्मचारी यादवलाई वन अधिकृतसहितको टोलीले ६९ वटा साखु, असना र कर्माका प्रजातिका संरक्षित रुख कटान गरेको अवस्थामा वन क्षेत्रबाट नियन्त्रणमा लिइएको अधिकृत विश्वकर्माले बताए।

दुवै जनालाई टुटेश्वर सवडिभिजन वन कार्यालयले वन मुद्दाअन्तर्गत महोत्तरी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाएको उनले बताए। 

प्रकाशित मिति: २०:२७ बजे, सोमबार, फागुन ५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्