सचिवालय बैठक नबोलाउने भएपछि बालुवाटार पुगे प्रचण्ड
काठमाडौं, वैशाख १६ः नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। पछिल्ला राज....

काठमाडौं, वैशाख १६ः नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन्।
सोमबार ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षिय नेताहरुको छलफलले मंगलबार सचिवालयको बैठक बस्ने सहमति जुटाएको थियो। तर, ओलीले सचिवालय बैठक नबोलाउने छनक देखाएपछि प्रचण्ड बालुवाटार पुगेको बताइएको छ। नेकपा भित्रको राजनीति तरल बनिरहेको बेला दुई अध्यक्षको भेटलाई महत्वपूर्णरुपमा हेरिएको छ।
प्रकाशित मिति: १३:३९ बजे, मंगलबार, वैशाख १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1792762148.jpeg)





-1792762148.jpeg)



