Kathmandu Press

केआईआईटीबाट नेपाली विद्यार्थी निकालेको घटनामा कुटनीतिक तवरले बुझ्ने काम भइरहेको छ : प्रधानमन्त्री

केआईआईटीले नेपाली विद्यार्थीले कलेज छाड्ने भनेका घटना बाहिरि आएपछि प्रधानमन्त्री ओलीले यो विषयमा कूटनीतिक रूपमा घटनाबारे बुझिरहेको बताएका छन्।
केआईआईटीबाट नेपाली विद्यार्थी निकालेको घटनामा कुटनीतिक तवरले बुझ्ने काम भइरहेको छ : प्रधानमन्त्री

काठमाडौं, फागुन ५ : प्रधानमन्त्री केपी ओलीले भारतको ओडिसाको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थी निकालिएको घटनाबारे सरकारले बुझिरहेको बताएका छन्। 

केआईआईटीले नेपाली विद्यार्थीले कलेज छाड्ने भनेका घटना बाहिरि आएपछि प्रधानमन्त्री ओलीले यो विषयमा कूटनीतिक रूपमा घटनाबारे बुझिरहेको सामाजिक सञ्जलमार्फत बताएका छन्।

Hardik ivf

‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जालमार्फत जानकारीमा आएको छ। यस विषयमा सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ,’ प्रधानमन्त्रीले लेखेका छ्न्।

सो विश्वविद्यालयमा बी–टेक अध्ययनरत बुटवलकी प्रकृति लम्सालले आइतबार कलेज परिसरमै आत्महत्या गरेकी थिइन्। उनले भारतीय विद्यार्थी आद्विक श्रीवास्तवको दुर्व्यवहार सहन नसकेर आत्महत्या गरेको भन्दै त्यहाँ अध्ययन गरिरहेका नेपाली विद्यार्थीले रातिबाटै घटनाको छानविन गर्दै दोषी कारबाहीको माग गर्दै आन्दोलन गरेका थिए। 

नेपाली विद्यार्थी आन्दोलन गरेपछि प्रशासनले सूचना निकालेरै नेपाली विद्याथीलाई विश्वविद्यालय छाड्न भनेको थियो। याे घटनापछि नेपाली विद्यार्थी अन्याेलमा परेका छन्।

केआईआईटीका रजिस्ट्रारले जारी गरेको सूचनामा सबै नेपाली विद्यार्थीलाई अर्को सूचना नभएसम्मका लागि तत्काल कलेज छात्रावास छाड्न भनिएको छ।

केआईआईटीमा हाल नेपाली ८ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

प्रकाशित मिति: १७:२० बजे, सोमबार, फागुन ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्