Kathmandu Press

अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई ७ दिनभित्र जवाफ पेश गर्न सर्वोच्चको आदेश 

न्यायाधीशद्वय सारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा आइतबार भएको प्रारम्भिक सुनुवाइपछि सम्बन्धित मिसिल झिकाएको हो। 
अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई ७ दिनभित्र जवाफ पेश गर्न सर्वोच्चको आदेश 

काठमाडौं, फागुन ५ : प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दायर भएको अदालतको अवहेलनासम्बन्धी एक मुद्दामा सर्वोच्चकै संवैधानिक इजलासबाट जारी भएको परमादेशसँग सम्बन्धित मिसिल झिकाएको छ।

न्यायाधीशद्वय सारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा आइतबार भएको प्रारम्भिक सुनुवाइपछि सम्बन्धित मिसिल झिकाएको हो। 

गत वर्ष माघ २४ मा भएको फैसला कार्यान्वयन नगरेको बताउँदै अधिवक्ता अधिवक्ता ओमप्रकाश अर्यालले अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरेका थिए। 

रिट निवेदक अर्यालले प्रधानमन्त्री ओली र भूमि व्यवस्थामन्त्री अधिकारी पदमुक्त हुन सक्ने गरी आदेश दिन समेत अर्यालको माग छ।

सर्वोच्चले ‘अदालतको अवहेलना मुद्दामा किन कारबाही नगर्ने?’ भन्दै सात दिनभित्र जवाफ पेस गर्न म्याद दिएको छ । साथै, संवैधानिक इजलासबाट २०८० साल माघ २४ मा सर्वोच्चबाट आदेशकोसक्कल मिसिलसमेत साथै राखी पेस गर्न भनिएको छ। 

प्रकाशित मिति: १६:४४ बजे, सोमबार, फागुन ५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्