Kathmandu Press

अबको १७ महिनापछि देउवाजीलाई प्रधानमन्त्री छाड्ने ‘डिक्लियर’ छ : प्रधानमन्त्री 

‘यो सरकार ढलिहाल्छ भन्नेलाई मैले भनेँ अब १७ महिना पनि बाँकी छ कि छैन मेरो। मलाई लाग्छ ७ महिना बितिसक्यो, अब १७ महिना म चलाउँछु,’ ओलीले भने, ‘१७ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई प्रधानमन्त्री छाड्छु । यो त डिक्लियर छ।’ 
अबको १७ महिनापछि देउवाजीलाई प्रधानमन्त्री छाड्ने ‘डिक्लियर’ छ : प्रधानमन्त्री 

बुटवल, फागुन ५ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको गठबन्धनमा बनेको वर्तमान सरकार पुरै समय टिक्ने बताउँदै आफुले अबको १७ महिनामा पद छाड्ने भनाई राखेका छन्। 

लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन सोमबार गर्ने क्रममा ओलीले यस्तो भनाई राखेका हुन्। प्रधानमन्त्री ओलीले आफूलाई हराउनेगरी कुनै पनि बल प्रयोग नगर्न पनि विपक्षीलाई आग्रह समेत गरे। 

‘यो सरकार ढलिहाल्छ भन्नेलाई मैले भनेँ अब १७ महिना पनि बाँकी छ कि छैन मेरो। मलाई लाग्छ ७ महिना बितिसक्यो, अब १७ महिना म चलाउँछु,’ ओलीले भने, ‘१७ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई प्रधानमन्त्री छाड्छु । यो त डिक्लियर छ।’ 

उनले औषधि हालेर फलफूल पकाउने गरेको उदाहरण सुनाउँदै आफूलाई त्यसबाट कुनै असर नहुने जिकिर गरे। 

उनले अघि भने, ‘म छिटो पाक्ने खालको केराजस्तो फलफूल होइन। बोटैमा औषधी हाल कि निकालेर हाल त्यसबाट केही असर पर्दैन।’ 

उनले १७ महिनासम्म तोप नै हाने पनि आफू नेतृत्वको सरकार नढल्ने बताए।

प्रकाशित मिति: १६:३४ बजे, सोमबार, फागुन ५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्