नेपाल नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत
सभामुख देवराज घिमिरेले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। त्यसलगत्तै प्रतिनिधि सभाले स्वीकृत गरेको हो।
काठमाडौं, फागुन ५ : प्रतिनिधिसभाबाट सोमबार नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ।
सभामुख देवराज घिमिरेले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। त्यसलगत्तै प्रतिनिधि सभाले स्वीकृत गरेको हो।
सभामुख घिमिरेले उक्त विधेयकमाथि प्रतिनिधिसभा नियमावलीअनुसार इच्छुक सांसदहरूले आफ्नो संशोधन पेस गर्न सक्ने जानकारी गराएका छन्।
गृहमन्त्री रमेश लेखकले आइतबार उक्त विधेयकमाथिसामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।
उक्त प्रस्ताव उपर सांसदहरूले छलफल गरी यसमा गृहमन्त्रीले जवाफसमेत दिइसकेका थिए।
प्रकाशित मिति: १६:०१ बजे, सोमबार, फागुन ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)


