Kathmandu Press

लुम्बिनी प्रदेश सभालाई सम्बाेधन गर्दै प्रधानमन्त्रीले भने- अरु कसैले आएर देश बनाइदिँदैन  

‘चालीस वर्ष अगाडि छिमेकी चीन गरिब मुलुक थियो। अहिले आफ्नै मेहनातले सम्पन्न भइसकेको छ,’ उनले भने, ‘हामीले पनि प्रविधि प्रयोगको ल्याकत बढाएर आफैंले देशको विकास गर्नुपर्छ।’
लुम्बिनी प्रदेश सभालाई सम्बाेधन गर्दै प्रधानमन्त्रीले भने- अरु कसैले आएर देश बनाइदिँदैन  

दाङ, फागुन ५ : प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई तीव्रता दिनुपर्ने बताएका छन्। 

लुम्बिनी प्रदेशसभाको बैठकमा सोमबार विशेष सम्बोधन गर्दै उनले हाम्रो देश अरु आएर नबनाइदिने भन्दै तीनै तहका सरकार  सहकार्यका साथ नेपाललाई बनाउनमा लाग्नुपर्ने बताए। 

‘चालीस वर्ष अगाडि छिमेकी चीन गरिब मुलुक थियो। अहिले आफ्नै मेहनातले सम्पन्न भइसकेको छ,’ उनले भने, ‘हामीले पनि प्रविधि प्रयोगको ल्याकत बढाएर आफैंले देशको विकास गर्नुपर्छ।’

कुन ठाउँमा के उत्पादन हुन्छ भन्ने पहिचान गरेर ठूलो परिणाममा खेती र उत्पादन गर्न सकेमा बजार पाइने बताउँदै प्रधानमन्त्री ओलीले त्यसकारण हामीले त्यस्ता उत्पादनमा लाग्नुुपर्नेमा जोड दिए। 

उद्योगहरू स्थापनाा लगानी विस्तार गर्नुपर्ने बताउँदै त्यसका लागि सरकारको तर्फबाट सहजीकरण गरिने बताए। 

प्रधानमन्त्री ओलीले तीनै तहका सरकार मिनेल अगाडि बढेर विशास सम्भव भएको बताए।

‘तीनवटै तहका सरकार यसमा सहकार्यका साथ अगाडि बढ्नुपर्छ। केन्द्र सरकारले लगानी विस्तार र सूचना प्रविधि क्षेत्रको विकासका लागि विभिन्न अध्यादेश ल्याएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कोही कसैले अरु कारणले विरोध गर्नु बेग्लै कुरा हो। आमरुपमा अध्यादेशप्रति उद्योगी, व्यवसायी र सूचना प्रविधि क्षेत्रमा नयाँ उत्साह ल्याएको छ। यसले स्वागत पाएको छ।’

प्रकाशित मिति: १४:४९ बजे, सोमबार, फागुन ५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्