Kathmandu Press

कुम्भ मेला स्नान गरेर फर्कैंदै गरेको नेपाली सवार गाडी दुर्घटना, देवदहका तीन जनाको मृत्यु

मृत्यु हुनेमा देवदह नगरपालिका वडा नं ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दीपा खनाल र ४० वर्षीया गीता शर्मा छन्। 
कुम्भ मेला स्नान गरेर फर्कैंदै गरेको नेपाली सवार गाडी दुर्घटना, देवदहका तीन जनाको मृत्यु

रूपन्देही, फागुन ५ : भारतको कुम्भ मेला स्नान गर्न गएका तीर्थालुको सवार गाडी दुर्घटनामा परेको छ। 

युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय गाडी कुम्भमेलाबाट फर्किँदै गर्दा उत्तर प्रदेशको आजमगढ बाराणसी रोडमा दुर्घटनामा परेको हो। 

गाडी डिभाडरमा ठोक्किँदा दुर्घटना हुँदा रुपन्देहीको देवदहका तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा देवदह नगरपालिका वडा नं ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दीपा खनाल र ४० वर्षीया गीता शर्मा छन्। 

प्रहरीका अनुसार दुर्घटना परी सवारी चालकसहित पाँच जना घाइते भएका छन्।

घाइते हुनेहरूमा देवदह भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र सवारी चालक भारतीय नागरिक रितेश दुवे छन्। 
 
प्रकाशित मिति: १४:१० बजे, सोमबार, फागुन ५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्