Kathmandu Press

प्रकृतिको दोहनका कारण मानव जीवन नै सङ्कटमा : पूर्व राष्ट्रपति यादव 

पहाडमा चलेको अनियन्त्रित डोजर तथा तराईको चुरे क्षेत्रमा भइरहेको अवैध उत्खननका कारणले मुलुकको अन्न तथा जलको भण्डार भएको तराई मधेसमा बर्सेनि पानीको सङ्कट बढ्न थालेको भनाई उनको थियो। 
प्रकृतिको दोहनका कारण मानव जीवन नै सङ्कटमा : पूर्व राष्ट्रपति यादव 

जनकपुर, फागुन ५ : पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रकृतिको दोहनका कारण मानव जीवन नै सङ्कटमा पर्न थालेको बताएका छन्। 

प्रकृतिको दोहनका कारण मानव जीवन नै सङ्कटमा पर्न थालेको भन्दै यादवले दुःख समेत व्यक्त गरे। जनकपुरधाममा सोमबार आयोजित ‘म बनाउँछु नेपाल’ भन्ने बहस कार्यक्रममा डा. यादवले उक्त दुःख व्यक्त गरेका हुन्। 

पहाडमा चलेको अनियन्त्रित डोजर तथा तराईको चुरे क्षेत्रमा भइरहेको अवैध उत्खननका कारणले मुलुकको अन्न तथा जलको भण्डार भएको तराई मधेसमा बर्सेनि पानीको सङ्कट बढ्न थालेको भनाई उनको थियो। 

Hardik ivf

‘यस्तै अवस्था रहेको खण्डमा अबको केही दशकपछि नेपालमा थप पानीको अभाव हुनेछ।  खाद्यान्नको सङ्कट हुने खतरा छ। चुरेको अनियन्त्रित दोहन रोकेर चुरेलाई हराभरा बनाउनेतर्फ सबैको ध्यान जान जरूरी छ,’ यादवले भने। 

पहाडमा चलेको अनियन्त्रित डोजर र तराईमा अवैध रूपमा बढेको क्रसर उद्योगका कारणले प्राकृतिक विनाश दिन प्रतिदिन बढ्दै गएकोसमेत यादवले बताए।   

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चालु आर्थिक वर्षमा सिँचाइका लागि दुई अर्ब १५ करोडको ‘टेन्डर’ गरिएको जानकारी दिए। सिंहले मधेस प्रदेश सरकारले स्वास्थ्य तथा प्राकृतिक स्रोतको दोहनमा देखिएको अवैध क्रियाकलाप रोक्न पनि उनले आग्रह गरे। 

डेढ अर्बको स्यालो ट्युबवेल जडानले थप ६० हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुग्ने भनाई पनि मुख्यमन्त्री सिंहको थियो । प्रदेश सरकारले सडक सुरक्षाका लागि प्रहरीसँग सहकार्य गरेका कारणले मधेस प्रदेशमा ५० प्रतिशतले सवारी दुर्घटनामा कमी आएको जानकारी पनि उनले दिए। 

जनमत पार्टीका अध्यक्ष डा सिके राउतले राजनीतिक ठीक ठाउँमा नआएसम्म मुलुकको विकास तथा समृद्धिको यात्रा तय गर्न कठिन हुने भनाई राखे। 

कार्यक्रममा चिकित्सक डा.ओम अनिल मूर्तिले मानव जीवनका लागि हावा, पानी, माटो, वायुको संरक्षण र सन्तुलन नभएको खण्डमा मानव जीवन नै सङ्कटमा पर्ने बताए। 
 

प्रकाशित मिति: १४:०५ बजे, सोमबार, फागुन ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्