Kathmandu Press

प्रधानमन्त्री ओली दाङ पुगे, प्रदेश सभालाई सम्बोधन गर्ने 

लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्न ओली हेलिकप्टरमार्फत दाङको देउखुरी पुगेका हुन्। ओलीलाई लुम्विनी प्रदेशका मुख्यमन्त्री चेतनरायण आचार्यले स्वागत गरेका थिए। 
प्रधानमन्त्री ओली दाङ पुगे, प्रदेश सभालाई सम्बोधन गर्ने 

दाङ, फागुन ५ : प्रधानमन्त्री केपी शर्मा ओली सोमबार दाङको देउखुरी पुगेका छन्। 

लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्न ओली हेलिकप्टरमार्फत दाङको देउखुरी पुगेका हुन्। ओलीलाई लुम्विनी प्रदेशका मुख्यमन्त्री चेतनरायण आचार्यले स्वागत गरेका थिए। 

प्रधानमन्त्री ओलीले प्रदेशसभा बैठकलाई बिशेष सम्बोधन गर्ने कार्यक्रम छ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रण गरेका थिए। 

प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन पछि प्रधानमन्त्रीले घोराहीमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
 
प्रकाशित मिति: १३:२३ बजे, सोमबार, फागुन ५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्