Kathmandu Press

सामाजिक विकासमा गैरसरकारी संस्थाहरूको भूमिका महत्वपूर्ण छ : सभापति देउवा

हाम्रा हिमालहरु नाङ्गिन थालेकोले यसको बारेमा पनि गैरसरकारी संघसंस्थाहरुले सामुदायिक सचेतनादेखि लिएर व्यक्तिगत पहलकदमी गर्न जरुरी रहेको देउवाले जोड दिए। 
सामाजिक विकासमा गैरसरकारी संस्थाहरूको भूमिका महत्वपूर्ण छ : सभापति देउवा

काठमाडौं, फागुन ५ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको सामाजिक विकासमा गैरसरकारी संघसंस्थाहरुले महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।

नेपाली कांग्रेसको नागरिक समाज तथा गैरसरकारी संस्था सम्बन्धी नीति विषयक गोष्ठीलाई सम्बोन गर्दै उनले जनचेतना, प्रेस स्वतन्त्रता, मानव अधिकार र सुशासन समावेशी लगायतका विषयमा गैरसरकारी संघसंस्थाहरुले प्रभावकारी काम गर्दै आएको बताए।

Hardik ivf

‘नेपालको सामाजिक विकासमा गैरसरकारी संघसंस्थाहरुले महत्वपूर्ण भूमिका खेलेका छन्। गैरसरकारी संघसंस्थाहरुले खेलेको भूमिका प्रशंसनिय छ,’ उनले भने, ‘जनचेतना, प्रेस स्वतन्त्रता मानव अधिकार सुशासन समावेशी लगायतका विषयमा गैरसरकारी संघसंस्थाहरुले पनि प्रभावकारी कामहरु गर्दै आएका मैले अनुभव गरेको छु।’

सभापति देउवाले सबै संस्थाहरुभित्र पनि शुसासन, परदर्शिता, आर्थिक लोकतन्त्र मजबुत हुनुपर्ने बताए। 

हाम्रा हिमालहरु नाङ्गिन थालेकोले यसको बारेमा पनि गैरसरकारी संघसंस्थाहरुले सामुदायिक सचेतनादेखि लिएर व्यक्तिगत पहलकदमी गर्न जरुरी रहेको देउवाले जोड दिए। 

प्रकाशित मिति: १३:०३ बजे, सोमबार, फागुन ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्