Kathmandu Press

डिस्चार्ड हुँदै अर्थमन्त्री पौडैल, मेयर आचार्य केही दिन अस्प्तालमै रहने

घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नपरेकाले आज डिस्चार्ज गरिने अस्पतालले जनाएको छ।  
डिस्चार्ड हुँदै अर्थमन्त्री पौडैल, मेयर आचार्य केही दिन अस्प्तालमै रहने

काठमाडौं, फागुन ५ : शनिबार पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुन पड्कँदा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल अजा डिस्चार्ज हुने भएका छन्।

शनिबार बेलुका नै उपचारका लागि कीर्तिपुर बर्न अस्पताल ल्याएका अर्थमन्त्री पौडेल आज डिस्चार्ज हुने अस्पतालले जनाएको छ। उनको अनुहार र हातमा सामान्य जलेको थियो।

Hardik ivf

घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नपरेकाले आज डिस्चार्ज गरिने अस्पतालले जनाएको छ।  

सोही दुर्घटनामा घाइते भएका पोखरा महानगरपालिका मेयर धनराज आचार्यलाई भने थप केही दिन अस्पतालमै राखिने भएको छ। उनको पनि जलनको घाउ सामान्य छ । तर, उनमा पहिलादेखि नै उच्च रक्तचापको समस्या रहेकाले हृदयरोग विशेषज्ञसँग परामर्श गरी केही दिन अस्पतालमै राखेर उपचार गरिने भएको हो।

प्रकाशित मिति: १२:४५ बजे, सोमबार, फागुन ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्