Kathmandu Press

चोरीका गहना बिक्रीमा विवाद हुँदा दैलेखमा बालकको हत्या, २ जना पक्राउ

उनीहरू मृतककै आमाको गहना चोरेको र विक्री गर्ने क्रममा विवाद भएपछि आमालाई भनिदिने बताएपछि उनको हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ। 
चोरीका गहना बिक्रीमा विवाद हुँदा दैलेखमा बालकको हत्या, २ जना पक्राउ

दैलेख, फागुन ५ : दैलेखको दुल्लु नगरपालिकामा ११ वर्षीय बालकको हत्या भएको छ। 

सुनका चोरीका गहना बिक्री गर्ने क्रममा विवाद हुँदा बालकको हत्या भएको प्ररहीले जनाएको छ।

माघ २५ गते दिउँसोदेखि ती बालक सम्पर्कविहीन भएपछि परिवारले २६ गते खोजी गरिदिन प्रहरीमा निवेदन दिएका थिए। परिवारको निवेदनपछि खोजी गर्ने क्रममा हत्या गरी खाल्डोमा गाडेको अवस्थामा उनको शव प्रहरीले भटेको थियो।

प्रहरीले हत्या अभियोगमा ठाउँका १४ र १७ वर्षीय दुई जना किशोरलाई पक्राउ गरेको छ। हत्या गरिएका र पक्राउ परेका दुई बालक मिल्ने साथी रहेको प्रहरीले जनाएको छ। 

उनीहरू मृतककै आमाको गहना चोरेको र विक्री गर्ने क्रममा विवाद भएपछि आमालाई भनिदिने बताएपछि उनको हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १२:३० बजे, सोमबार, फागुन ५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्