अमेरिकाले रोक्यो नेपाललाई दिँदै आएको साढे ५ अर्ब रूपैयाँ सहायता
विभागले सामाजिक सञ्जाल एक्समार्फत आइतबार बिहान उक्त निर्णय सार्वजनिक गरेको हो।
काठमाडौं, फागुन ४ : अमेरिकाले नेपाल लगायतका देशलाई उपलब्ध गराउँदै आएको ७५ करोड अमेरिकी डलर (लगभग एक खर्ब तीन अर्ब रुपैयाँ) सहायता रोक्ने निर्णय गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सरकारी खर्च घटाउने उदेश्यले ह्वाइट हाउसमा सरकारी दक्षता विभाग स्थापना गरेका थिए।
उक्त विभागमा प्रमुख विश्वकै धनीमध्ये एक एलन मस्क प्रमुख छन्। सोही विभागले नेपाल लगायतका देशलाई उपलब्ध गराउँदै आएको आर्थिक सहायत रोक्ने निर्णय गरेको हो।
सहायता रोक लगाउने निर्णयमा अमेरिकाले संघीयता र जैविक विविधताका क्षेत्रमा नेपाललाई उपलब्ध गराउँदै आएको करिब साढे पाँच अर्ब रुपैयाँ पनि समावेश छ ।
विभागले सामाजिक सञ्जाल एक्समार्फत आइतबार बिहान उक्त निर्णय सार्वजनिक गरेको हो।
विभागले सार्वजनिक गरेको सूची अनुसार नेपालको संघीयताका क्षेत्रमा दुई करोड र जैविक विविधता क्षेत्रमा एक करोड ९० लाख गरी कुल तीन करोड ९० लाख अमेरिकी डलर (लगभग पाँच अर्ब ३९ करोड रुपैयाँ) सहायता रद्द गरिएको जनाइएको छ ।
विभागले नेपालसहित मोजाम्बिक, कम्बोडिया, पराग्वे, सर्विया, माल्डोभा, भारत, बंगलादेश, लाइबेरिया, माली लगायतका देशलाई उपलब्ध गराउँदै आएको सहायता रद्द गरेको छ।









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

