Kathmandu Press

सरकारको केही हुति छैन् : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकारसँग ऐन विधिपूर्वक ल्याएर पास गर्नसक्ने हुति नभएको बताएका छन्।
सरकारको केही हुति छैन् : झलनाथ खनाल

काठमाडौं, फागुन ४ : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकारसँग ऐन विधिपूर्वक ल्याएर पास गर्नसक्ने हुति नभएको बताएका छन्।

आइतवार समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले दुई पार्टीको सरकार भएपनि देशमा स्थिरता नभएको बताएका हुन्।

उनले भने,‘दुई पार्टीको सरकार छ तर देशमा स्थिरता छैन्। एउटा ऐन विधिपुर्वक ल्याएर पास गर्न सक्ने हुत्ति सरकारसँग छैन। अध्यादेश ल्याउने त्यो पनि पास हुन्छ कि हँुदैन, हुने सम्भावना देख्दिन। फेल भयो भने यो सरकार के गर्छ।’

उनले बहुदलीय समाजवाद भन्नु भन्दा मात्र भएको बताए। उनले भने,‘हामी अहिले समाजवादी क्रान्ति र रुपान्तरणको नया युगमा छौं। अब प्राप्त गर्न बाँकी समाजवाद हो। अहिले कसैले बहुदलीय समाजवाद भन्छन् त्यो भन्ने मात्र हो। त्यो बैज्ञानिक समाजवाद होइन। कसैले प्रजातान्त्रिक समाजबाद भन्छन् यो पनि अन्तर्राष्ट्रिय पुँजीवादले निकालेको फन्डा हो।’

उनले सही बैचारिक राजनीतिक कार्यदिशा बनाउन नसके अप्ठेरोमा पर्ने पनि बताए। भेलालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालमा नयाँ पूर्नजागरणको बेला भएको बताएका छन्। उनले देशको जुन परिस्थिति छ गणतन्त्रको पनि त्यस्तै अवस्था रहेको बताए।

प्रकाशित मिति: २१:०१ बजे, आइतबार, फागुन ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्