Kathmandu Press

धोबीखोलामा खस्यो कार, चालक सकुशल [फोटो/भिडियो]

आइतबार साँझ साढे ६ बजे काठमाडौंको अनामनगरस्थित मदन भण्डारी कलेज नजिकैको पुलबाट कार धोबीखोलामा खसेको हो।
धोबीखोलामा खस्यो कार, चालक सकुशल [फोटो/भिडियो]

काठमाडौं, फागुन ४ :  काठमाडौंको धोबिखोलामा कार खसेको छ।

आइतबार साँझ साढे ६ बजे काठमाडौंको अनामनगरस्थित मदन भण्डारी कलेज नजिकैको पुलबाट कार धोबीखोलामा खसेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बा २१ च ६६१४ नम्बरको कार अनियन्त्रित भएर खोलामा खसेको हो।

कार चालक भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीका ४५ वर्षीय पदम कार्कीलाई प्रहरीले उद्धार गरेको छ। उनी सकुशल रहेको बताइएको छ।

अहिले कार खोलाबाट निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

यसअघि गत पुसमा पनि सोही पुलबाट कार खसेको थियो।

तस्बिरहरूः 

dhobikhola-car-(9)-ink-1739714285.jpeg

dhobikhola-car-(10)-ink-1739714285.jpeg

dhobikhola-car-(8)-ink-1739714283.jpeg

dhobikhola-car-(5)-ink-1739714283.jpeg

dhobikhola-car-(6)-ink-1739714283.jpeg

dhobikhola-car-(7)-ink-1739714283.jpeg

dhobikhola-car-(2)-ink-1739714282.jpeg

dhobikhola-car-(1)-ink-1739714282.jpeg

dhobikhola-car-(3)-ink-1739714282.jpeg

dhobikhola-car-(4)-ink-1739714282.jpeg

प्रकाशित मिति: २०:०० बजे, आइतबार, फागुन ४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्