Kathmandu Press

उपचाररत अर्थमन्त्री र पोखराका मेयर भेट्न अस्पताल पुगे प्रधानमन्त्री

आइतबार अपराह्न अस्पताल पुगेर प्रधानमन्त्री ओलीले मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
उपचाररत अर्थमन्त्री र पोखराका मेयर भेट्न अस्पताल पुगे प्रधानमन्त्री
तस्वीर: प्रधानमन्त्री ओलीको सचिवालय।

काठमाडौं, फागुन ४ : प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर वर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

आइतबार अपराह्न अस्पताल पुगेर प्रधानमन्त्री ओलीले मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

Hardik ivf

 शनिबार पोखरा भ्रमण वर्षको उद्घाटन गर्दा हाइड्रोजन भरिएको बेलुन पड्किएर आगो बल्दा उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्य घाइते भएका थिए।

दुवैलाई शनिबार नै कीर्तिपुर अस्पताल ल्याएर उपचार गरिएको थियो।

आइतबार प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसहित अस्पताल पुगेका थिए।

आइतबार नै पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र माधवकुमार  नेपालले पनि उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।

उनीहरुलाई अस्पतालका निर्देशक डा. किरणकिशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्यको स्वास्थ्य अवस्था तथा उपचार प्रक्रियाबारे जानकारी गराएका थिए।

आजै प्रधानमन्त्री ओलीले कमलपोखरीस्थित शानदार मःमः सेन्टरमा ग्यास सिलिण्डर विस्फोटमा घाइते भई उपचाररतको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएका थिए।

प्रकाशित मिति: १९:३८ बजे, आइतबार, फागुन ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्