Kathmandu Press

गणपूरकका लागि एक सांसद पुगेन, प्रतिनिधि सभा बैठक स्थगित

उनको आग्रहपछि सभामुख देवराज घिमिरेले गणपूरक परीक्षण गर्न तीन मिनेटको समय दिएका थिए।
गणपूरकका लागि एक सांसद पुगेन, प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं, फागुन ४ : गणपूरक नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ

आइतबार साँझ नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकबारे प्रारम्भिक छलफलपछि त्यसलाई विचार गरियोस् भन्ने प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गरेका थिए।

त्यसपछि रास्वपा सांसद निशा डाँगीले कुनै पनि विधेयकबारे निर्णय गर्दा संसदमा एक चौथाइ सांसद उपस्थित हुनुपर्ने संवैधानिक व्यवस्था स्मरण गराएकी थिइन्।

उनको आग्रहपछि सभामुख देवराज घिमिरेले गणपूरक परीक्षण गर्न तीन मिनेटको समय दिएका थिए।

तीन मिनेट घन्टी बजाएर सांसद संख्या यकिन गर्दा एक चौथाई सांसद संख्या ६९ जना उपस्थित हुनुपर्नेमा ६८ जना मात्रै रहेको पाइएपछि कार्यसूची अगाडि बढ्न नसकेको हो।

त्यसपछि सभामुख घिमिरेले गणपूरक नपुगेको भन्दै आइतबारको प्रतिनिधि सभा बैठक स्थगित गरेका हुन्।

प्रकाशित मिति: १९:३१ बजे, आइतबार, फागुन ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्